८ वैशाख २०८१ शनिबार
समाज

३३ किलो सुन तस्करी प्रकरण : जिल्लाको आदेश उच्च अदालतद्वारा सदर

विराटनगर - साढे ३३ किलो सुन तस्करी तथा सनमशाक्य हत्याकाण्डमा संलग्न रहेको आरोप लागेका तीन जनाको सम्बन्धमा जिल्ला अदालत मोरङले गरेको आदेश उच्च अदालत विराटनगरले सदर गरेको छ। राजन कुमार, पुन्यप्रसाद लामा र सम्बिरप्रसाद तोलाङ्गेले जिल्लाको आदेश विरुद्ध अदालती बन्दोवस्तीको १७ नम्बर बमोजिम दर्ता गरेको निवेदनमा सुनुवाइ गर्दै जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशलाई सदर गरेको हो। 

बिहीबार उच्च अदालत विराटनगरले जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश वेरित नदेखिएकाले परिवर्तन गर्नु नपर्ने आदेश दिएको उच्च अदालत विराटनगरका रजिष्ट्रार नारायणप्रसाद रेग्मीले जानकारी दिए। उनले भने,‘तत्काल प्राप्त प्रमाणबाट जिल्ला अदालत मोरङले थुनामा राख्न दिएको आदेश वेरित नदेखिएको हुँदा परिवर्तन गर्नु नपर्ने आदेश भएको छ।’ 

यस्तै बिहीबार नै उच्च अदालत विराटनगरले सञ्जय राउत, हेमन्त गौतम, दिवेश लोहनी र गोविन्द निरौला, विकासराज खनालको कैफियत प्रतिवेदन छुट्टा—छुट्टै बनाउन पनि आदेश गरेको छ। एउटै कैफियत प्रतिवेदनमा मुद्धा चलेका पाँचजना प्रहरी अधिकारीहरूको छुट्टा–छ्ट्टै  प्रतिवेदन बनाउन उच्च अदालतका न्यायाधिशहरू थिरबहादुर कार्की र जनक पाण्डेको इजलासले आदेश दिएको हो। जिल्ला अदालत मोरङको आदेश विरुद्ध सादा तारेखमा राख्न माग गर्दै ३० जनाले उच्च अदालत विराटनगरमा अदालती बन्दोवस्ती महलको १७ नम्बर वमोजिम निवेदन दिएका थिए। निवेदन दिएका मध्ये ९ जनाका सम्बन्धमा उच्च अदालत विराटनगरमो १,२ र ३ नम्बर इजलासमा  विहीबार पेशि चढेको थियो। पेशि चढेका मध्ये समय अभावका कारण राजन थापाका सम्बन्धमा भने उच्च अदालतमा सुनुवाई नभएको रेग्मीले बताए। उनको निवेदनका विषयमा आगामि विहीबार पेशि चढ्ने छ।

उच्च अदालत विराटनगरमा दर्ता भएका मुद्दामा हरेक बिहीबार मात्रै सुनुवाई हुने गरेको छ। उच्च अदालत विराटगरमा १७ नम्बर बमोजिम साधारण तारेखमा छाड्न माग राख्दै निवेदन दिनेहरूमा  एलवि थपा मगर,टेकराज मल्ल ठकुरी, भुजुङ गुरुङ, महावीरप्रसाद गोल्यान, राजेन्द्रकुमार शाक्य, वीरेन्द्रमान श्रेष्ठ,राजु महर्जन, कपिलराज पुरी, बालकृष्ण श्रेष्ठ,गोलकुमार श्रेष्ठ, दोराम खत्रीले निवेदन दिएका छन्। यस्तै मदनप्रसाद घिमिरे, तुलाराम थारु, अमरमान डंगोल,श्यामबहादुर खत्री बालकृष्ण संजेल मदन सिलवालले पनि निवेदन दिएका छन्। यस्तै धरौटीमा राख्न आदेश दिइएका विष्णुबहादुर खड्काले साधारण तारेखमा राख्न माग गर्दै उच्च अदालतमा निवेदन दिएका छन्। यस्तै घटनामा संलग्न रहेको आरोप लागेर जिल्ला अदालत मोरङको आदेश बमोजिम सम्पूर्ण कारोबार रोक्का रहेको कान्तिपुर होलीडे र एवल नेपाल ट्राभल्स एण्ड टूर्सका सञ्चालकले पनि जिल्ला अदालतको आदेश विरुद्ध निवेदन दिएका छन्।

प्रकाशित: ३१ श्रावण २०७५ १५:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App