coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सम्वृद्धिका लागि बजेट शैली परिवर्तन गर्नुपर्छ : मुख्यमन्त्री पौडेल

मकवानपुर - ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सम्वृद्धि हासिल गर्न बजेट शैलीमा नयाँ मोडल ल्याउनुपर्ने बताएका छन्। पुरानो बजेट शैलीले सम्वृद्धि हासिल नहुने भन्दै उनले परम्परागत बजेट प्रणालीलाई तोडेर नयाँ मोडलबाट बजेट बनाएमात्र गरेका काम देखिने बताए।

मुख्यमन्त्री तथा मन्त्रीपरीषदको कार्यालयले बिहीबार हेटौंडामा आयोजना गरेको राष्ट्रियस्तर र प्रदेशस्तरका आगामी योजना सञ्चालन प्रकृयाका बारेमा आयोजित छलफल कार्यक्रममा उनले धेरै योजनामा थोरै–थोरै रकम छर्ने परम्परागत बजेट प्रणाली असफल भईसकेको जिकिर गरे। ‘अब धेरै काम गर्ने भन्दा पनि परिणाम (रिजल्ट) निस्कने गरी काम गर्न जरुरी छ,’ उनले भने, ‘परम्परागत बजेट छर्ने तरिका तोडेर प्रदेश सरकारले काम गर्ने छ।’ समृद्ध देश, प्रदेश र स्थानीय तह बनाउनका लागि तीनै निकायले सहकार्य गर्नुपर्नेमा जोड दिदै उनले दबाबकै आधारमा मात्र बजेट विनियोजन गर्ने कार्य अन्त्य गर्नुपर्ने बताए।

संघीय(केन्द्रीय) सरकारले अझै पनि साना योजना, कार्यक्रममा बजेट विनियोजन गरिरहेकोमा उनले गुनासो गरे। ‘८ हजार रुपैंयासम्मका बजेटहरु केन्द्रीय सरकारले छुट्याएको सुनेको छु, यो परम्परा कहिले तोड्ने ?,’ उनले प्रश्न गरे। प्रदेश सरकारले आवश्यकता र प्राथमिकताका आधारमा बजेट छुट्याएर काम शुरु गरेकाले केही बर्षमा नमुना लायक विकास देख्न सकिने उनको भनाई छ। 

देशको सबै प्रणाली परिवर्तन भए मात्र प्रभावकारी रुपमा काम गर्न सकिने बताउँदै उनले अझैं पनि कर्मचारीको मानसिकतामा परिवर्तन नभएकोमा रोष प्रकट गरे। उनले भने, ‘कर्मचारीहरु आफ्नो भाग खोसिन्छन् भन्ने सोच्छन्, अहिलेको सिष्टम(प्रणाली)लाई परिवर्तन चाहदैनन् तर हामी जसरी पनि सिष्टम बदलेर काम गर्नुपर्छ भनेर लागेका छौ।’

३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले संघीय र प्रदेश सरकारले गाउँपालिका र नगरपालिका स्तरको विकास भन्दा माथिल्लो स्तरको विकासमा बजेट छुट्याउनुपर्नेमा जोड दिए। ‘१ बर्षे र ५ बर्षे योजना छुट्याएर मात्र लगानी गर्नुपर्छ,’ उनले भने, ‘अबको विकास एकीकृत रुपमा गरे मात्र नतिजा छिटो देखिन्छ।’

प्रकाशित: ३१ श्रावण २०७५ १३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App