७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्री अोलीले २ नं प्रदेशसभालाई सम्बोधन गर्ने

फाइल फाेटाे।

 धनुषा–प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं २ को प्रदेशसभालाई भदौ २ गते शनिबार सम्बोधन गर्ने भएका छन्। धनुषाका शहीद रामवृक्ष यादवको २४ औँ स्मृतिसभामा सहभागी हुन जान लागेका प्रधानमन्त्रीले प्रदेश सभालाई सम्बोधन गर्न लागेका हुन्। प्रधानमन्त्री केपी ओलीले यसअघि प्रदेश नं १, ३ र ५ का प्रदेशसभामा सम्बोधन गरिसकेका छन्।

शहिद यादवको कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पनि जाने कार्यक्रम छ। नेकपाले जनकपुरमा आज पत्रकार सम्मेलन गरी यो कुराको जानकारी दिएको हो।

प्रकाशित: ३१ श्रावण २०७५ ११:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App