नेकपाको ५ नम्बर प्रदेश कमिटीमा पूर्व एमालेबाट १ सय ५, पूर्व माओवादीबाट ९७

बिहिबार, ३१ साउन २०७५, १६ : ०५ नागरिक

काठमाडौं- प्रदेश नम्बर ५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकीकरणका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएको छ। कार्यदलका संयोजक मणी थापाले पार्टी महासचिव विष्णु पौडेललाई बुझाएको प्रतिवेदनमा नेकपाको प्रदेश ५ कमिटीको अध्यक्षमा दलबहादुर राना र गणेशमान पुन नाम सिफारिस गरेको छ।

पाल्पाका राना र रुकुमका पुन दुवै पूर्व मन्त्री हुन्। राना पूर्व एमाले र पुन पूर्व माओवादी नेता हुन्। पुन जनयुद्धको समयमा तत्कालिन चौथो डिभिजनका कमाण्डर थिए। सर्वसम्मत रुपमा सिफारिस भएको नामबारे पार्टी केन्द्रले निर्णय लिने छ।

प्रदेश कमिटी सदस्यमा समेत कार्यदलले टुंगो लगाएको छ। जस अनुसार प्रदेश कमिटीमा पूर्व एमालेबाट १ सय ५ र पूर्व माओवादीबाट ९७ जना रहने छन्।   

कार्यदलले प्रदेश ५ का जिल्ला कमिटी नेतृत्वमा पनि सिफारिस गरेको छ। जसमा पूर्व एमालेलाई ७ र पूर्व माओवादीलाई ५ जिल्लाको भागवण्डा भएको छ। भागवण्डा अनुसार एमालेबाट रुपन्देहिमा गोपाल भट्टराई, कपिलबस्तुमा छविलाल पोखरेल, दाङमा शिव आचार्य, प्युठानमा तुलसी शर्मा, गुल्मीमा बालकिसन काउछामगर, पाल्पामा राधाकृष्ण कँडेल र अर्घाखाँचीमा पीताम्बर आचार्य अध्यक्षमा सिफारिस भएका छन्।

पूर्व माओवादीबाट नवलपरासीमा घनश्याम यादव, बाँकेमा अक्कलबहादुर बम, वर्दियामा भुवन थारु, पूर्वी रुकुममा होमप्रकाश श्रेष्ठ र रोल्पामा सुरेन्द्र घर्तीमगर अध्यक्षमा सिफारिस भएका छन्।

प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षको नाम सहमतिमै टुंगो लगाइएको कार्यदलका एक सदस्यले बताए। 

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

ज्वेलरी एक्सपोको रौनक

ज्वेलरी एक्सपोको रौनक

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा...

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी केहि एन्ड्रोइड र आइफोनका एपहरू ...

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सुनधारा स्थित सिभिल ट्रेड सेन्टरमा रहेको सिटिसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ ।...

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL)
संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL) संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् भारतको प्रतिष्ठित स्टील संगठन स्टील अथोरटी अफ् इण्डिया (SAIL)द्वारा एक कार्यक्रम बीच सम्मानित भएको छ । यही मे...

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्वेश्यका साथ् राष्ट्रीय स्तरको "ख" वर्गको ओम डेभलपमेन्ट बैंक लिमिटेड "क"...

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोनको ब्याट्रीलाई धेरै वर्षको प्रयोग पछि पनि राम्रो टिक्ने कसरी बनाउने ? ...

कम लागतमा बलियो घर कसरी बनाउने ?

कम लागतमा बलियो घर कसरी बनाउने ?

सस्तो भनेर अत्याधिक सस्तो खोज्यौं भने हामीले सोचे जस्तो बलियो घर बन्दैन । हामीले घरको नक्साको कुरादेखी घरको डिजाइन, घर...