८ वैशाख २०८१ शनिबार
समाज

राष्ट्रिय झन्डा जलाएमा तीन वर्ष कैद

काठमाडौं– अबदेखि कुनै आन्दोलनका नाममा राष्ट्रिय झन्डा जलाउने, पूराना राजा महाराजाका मूर्ति भत्काउने, रेलिङ भाँच्ने जस्ता उदण्ड काम गरे जेल जानुपर्ने भएको छ। भोलि शुक्रवारदेखि लागु हुन लागेको अपराध संहिताको दफा १५१ मा राष्ट्रिय गान, झन्डा वा निशाना छापको अपमान गर्न नहुने उल्लेख छ। अपमान गर्ने कार्य भएमा तीन वर्ष जेल वा तीस हजार रुपैयाँ जरिवाना हुनेछ।

अपराध संहिताको दफा १५१ मा भनिएको छ, ‘कसैले नेपाल वा नेपाल सरकार बिरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झण्डा जलाउन, त्यसको जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा त्यस्तो गान, झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न हुँदैन।’  

यसैगरी सरकारले तोकेका राष्ट्रिय विभूतिका शालिक, स्तम्भ, स्मारक भत्काउने, झन्डा जलाउने, सार्वजनिक सम्पत्ति कब्जा गर्ने, प्राकृतिक सम्पदा बिक्री गर्नुलाई अपराध मान्दै १० वर्षसम्मको जेल सजाय तोकिएको छ।

अपराध संहिताको दफा १५२ मा भनिएको छ, ‘सरकारले तोकेका राष्ट्रिय विभूतिलाई जानीजानी, घृणा, अपमान, बदनाम गर्न, त्यस्ता विभूतिको शालिक, स्तम्भ, स्मारक भत्काउन वा हानी, नोक्सानी गर्न हुँदैन।’

घृणा, अपमान, बदनाम गर्ने खालका काम पनि गर्न पाइने छैन । यदि कसैले कानुन विपरित शालिक, स्तम्भ, स्मारक भत्काउन कसुर गर्ने वा गराउने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना गर्नेगरी कानुनमा व्यवस्था छ । संहितामा दुवै सजाय पनि हुनेगरी व्यवस्था छ।

तर, त्यस्ता विभूतिको जीवनी अध्ययन अनुसन्धान वा मूल्यांकनको सन्दर्भमा असल नियतले गरिएको टिका टिप्पणीलाई यस दफा बमोजिमको कसूर मानिने छैन । मुलुकी ऐनलाई विस्थापित गरी भोलि भदौ १ गतेदेखि फौजदारी अपराध संहिता र देवानी संहिता लागु गरिँदैछ।

प्रकाशित: ३१ श्रावण २०७५ ०९:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App