coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मौरीसँग उडे फूलवारीमा पुगिन्छः प्रधानमन्त्री ओली

धुम्बाराहीस्थित नेकपाको कार्यालयमा आयोजित कार्यक्रममा सहभागी प्रधानमन्त्री अोलीसहित अन्य।

काठमाडौं– प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मौरीसँग उड्यो भने फूलवारीमा पुगिने र झिंगासँग उड्यो भने फोहोरमा पुगिने बताएका छन्।

पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा काठमाडौं, ललितपुर र ‌ओखलढुंगाका सयौं व्यक्तिहरुलाई नेकपामा प्रवेश गराउने कार्यक्रममा बोल्दै ओलीले आफूले मौरीको जस्तै उडान गरेको बताए। आज नेकपामा प्रवेश गर्नेहरुमध्ये अधिकांश नेकाका कार्यकर्ता थिए।  प्रधानमन्त्री ओलीले पार्टीलाई भरोसा गरेर आबद्ध हुन आउनेहरुको अपेक्षा खस्किन नदिने पनि बताए।

पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी थिए। पार्टीमा प्रवेश गर्नेहरुलाई दाहालले अविर र ओलीले खादा लगाएर स्वागत गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै पुष्पकमल दाहालले नेपालमा अहिले मात्र हैन भविष्यमा पनि कम्युनिष्टहरु हावी हुने दावी गरे। आजकै कार्यक्रममा प्रतिनिधि सभाको चुनावमा सूर्य चिन्ह लिएर विजयी भएका हृदेयेश त्रिपाठी र बृजेश गुप्ता पार्टी प्रवेश गर्ने बताइएपनि उनीहरु प्रवेश गरेनन्।

यसअघि नागरिकन्यूज र माइरिपब्लिकाको समाचारमा त्रिपाठी र गुप्ता नेकपा प्रवेश गरेको समाचार संप्रेषित भएकोमा सच्याइन्छ। सं.

 

प्रकाशित: ३१ श्रावण २०७५ ०५:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App