coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुर्घटनामा धेरै दुईपाङ्ग्रे चालकको मृत्यु

काठमाडौं – काठमाडौं उपत्यकामा सवारी साधनको दुर्घटनामध्ये मोटरसाइकल र स्कुटर चालकको धेरै ज्यान जाने गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष ०७४–७५ मा मोटरसाइकल र स्कुटर दुर्घटनामा १११ जनाको ज्यान गएको छ। सो अवधिमा १४७ पुरुष र ४७ महिलाको ज्यान गएको थियो। 

“मोटरसाइकल तीव्र गतिमा चलाउँदा कन्ट्रोल गर्न नसकी पल्टिने गरेको छ,” महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले भने। यस्तै पैदलयात्रु ६३, ट्रक ४, साइकल ३, बस ८, टेम्पो १ र कार दुर्घटनामा ४ जनाको ज्यान गएको थियो। 

आव ०७३–७४ मा उपत्यकामा सवारी दुर्घटनामा १८२ जनाको मृत्यु भएकामा पैदलयात्रु ७९, मोटरसाइकल तथा स्कुटर दुर्घटनामा ७७, ट्रक दुर्घटना चार, बस दुर्घटना सात, टेम्पो दुर्घटनामा एक र कार दुर्घटनामा नौ जनाको मृत्यु भएको थियो। आव ०७३–७४ मा पैदलयात्रुको धेरै मृत्यु भएपछि महाशाखाले पैदलयात्रुलाई लक्षित गरी सडकमै विशेष कक्षा सञ्चालन गरेपछि पैदलयात्रु मर्नेको संख्यामा कमी आएको हो। 

उपत्यकामा मात्र आव ०७४–७५ मा ११ हजार ५०७ दुर्घटना भएकामा १ हजार ५ सय ८० ट्रक, १ हजार ३ सय २७ बस, ४ सय १० माइक्रो, ३ हजार ८ सय ९० कार, भ्यान, जीप, ४ हजार ४६ मोटरसाइकल, स्कुटर र १०३ टेम्पो परेका थिए।  (रासस)

प्रकाशित: ३१ श्रावण २०७५ ०५:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App