७ वैशाख २०८१ शुक्रबार
खेल

क्यारेवियन प्रिमियर लिगः सन्दीपले लिए एकै ओभरमा २ विकेट

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग (सीपीएल)  क्रिकेटको आफ्नो तेस्रो खेलमा जमाइका तल्लावाजविरुद्ध एकै ओभरमा २ विकेट लिएका छन्।

सेन्ट किट्स एन्ड नेभीस प्याट्रियट्सबाट खेलिरहेका सन्दिपले ४ ओभर बलिङ गर्दै २१ रन खर्चिएर २ विकेट लिए। आफ्नो पहिलो ओभरमा १० रन खर्चिएका सन्दीपले दोस्रो ओभरमा ८ रन दिँदै २ विकेट लिए। उनले दोस्रो ओभरको दोस्रो बलमा केन्नर लेविसलाई क्याच गराएका थिए भने चौथों बलमा एन्ड्री म्याकार्थीलाई बोल्ड गरे।

सन्दीपले तेस्रो र चौंथो ओभरमा मात्र ३ रन खर्चिएका थिए। जारी प्रतियोगितामा सन्दिपले ३ खेलमा ५० रन खर्चिदै ५ विकेट लिएका छन्। उनले पहिलो खेलमा ४ ओभर बलिङ गर्दै ११ खर्चिएर २ र दोस्रो खेलमा ३ ओभर बलिङ गर्दै एक मेडन राख्दै १७ रन दिएर १ विकेट लिएका थिए। आजको खेलमा ब्याटिङतर्फ सन्दीपले २ बल खेल्दै २ रनमा अविजित रहे।

सन्दीपले २ विकेट लिएपनि उनको टोली सेन्ट किट्स एन्ड नेभीस प्याट्रियट्स भने जमाइका तल्लावाजसँग ४७ रनको पराजय भोग्न बाध्य भएको छ। प्याट्रियट्सले ३ खेलमध्ये १ मा मात्र जित निकालेको छ।

जमाइकाले पहिले ब्याटिङ गर्दै २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७९ रन बनाएको थियो। उसका लागि रोस टेलरले सर्वाधिक ५१, केन्नर लेविसले ४९ र ग्लीन फिलिप्सले ४१ रनको योगदान लिए। बलिङ्तर्फ सन्दीपका अलवा कार्लोस ब्राथवेट र बेन कटिङले एक–एक विकेट लिए।

१८० रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङ् गरेको नेभीस प्याट्रियट्सले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाउदै १ सय ३१ रन मात्र बनाउन सक्यो। उसका लागि कप्तान क्रिस गेलले सर्वाधिक २४, महमुदउल्लाले २२ र सेल्डन कोट्रेलले १८ रन बनाएपनि अन्यको प्रदर्शन राम्रो बन्न सकेन्।

बलिङतर्फ जमाइकाका क्रिसमर सान्तोकी, एडम जाम्पा र इमाद वसिमले समान २–२ तथा ओस्हने थोमस, स्टेभेन जाकोब्स र आन्द्रे रसेलले एक–एक विकेट लिए। 

 

प्रकाशित: ३१ श्रावण २०७५ ०५:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App