८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

काबुलको ट्युसन सेन्टरमा आत्मघाती आक्रमण : ४८ को मृत्यु, ६७ घाइते

काठमाडौं – अफगानिस्तानको राजधानी काबुलको एक ट्युसन सेन्टरमा आत्मघाती बम आक्रमण हुँदा ४८ जनाको मृत्यु भएको छ भने ६७ जना घाइते भएका छन्।

काबुलमा रहेको ट्युसन सेन्टरमा पढाई भइरहेका बेला आत्मघाती हमलाकारीले आएर आफैलाई बिस्फोटमा पारी हमला गराएको अफगानी प्रहरीले जनाएको छ।

ट्युसन सेन्टरमा पढाइ चलिरहेका बेला विस्फोट गराइएकाले मृत्यु हुनेमा अधिकांश किशोर–किशोरीहरु रहेका छन्। उनीहरू विश्वविद्यालयको प्रवेश परीक्षाको तयारीका लागि ट्युसन पढिरहेका थिए।

दुर्घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएका छैनन्। तालिवानले घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ।

प्रकाशित: ३१ श्रावण २०७५ ०४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App