८ वैशाख २०८१ शनिबार
खेल

सुबासिचको संन्यास

जागरेब – क्रोएसियाका गोलकिपर ड्यानियल सुबासिचले बुधबार अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्।

रूसमा सम्पन्न विश्वकपमा टोलीलाई पहिलो पटक फाइनलसम्म डोर्याउँदा सुबासिचले उत्कृष्ट प्रदर्शन गरेका थिए । विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने सुबासिच क्रोएसियाका तेस्रो खेलाडी हुन् । यसअघि रक्षक भेड्रान कोर्लुका र स्ट्राइकर मारियो मान्डजुकिचले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेका थिए। 

‘राष्ट्रिय टोली र मन पर्ने जर्सीबाट विदा लिने समय आएको छ,’ सुबासिचले भने, ‘विश्वकप अघि नै मैले संन्यास लिने मनस्थिति बुनेको थिएँ । विश्वकपको फाइनल खेल्ने सपना पूरा भएको छ । यस्तो सपना पूरा भएपछि विदा हुन भाग्यमानीलेमात्र पाउँछन्।’

फ्रान्सेली क्लब मोनाकोबाट व्यवसायिक फुटबल खेल्दै आएका सुबासिचले क्रोएसियाका लागि ४४ खेल खेलेका छन्। 
रूस विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल सम्मको यात्रा तय गरेको सुबासिचको टोली फ्रान्ससँग ४–२ ले पराजित भएपछि उपविजेतामा सिमित भएको थियो । विश्वकपको फाइनल खेल जुलाई १५ मा सम्पन्न भएको थियो। 

प्रकाशित: ३१ श्रावण २०७५ ०३:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App