७ वैशाख २०८१ शुक्रबार
खेल

हङकङको सत प्रतिसत नतिजा

काठमाडौं – एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलमा हङकङले विजयी यात्रालाई निरन्तरता दिने क्रममा बुधबार चाइनिज ताइपेइमाथि ४–० को नतिजा निकालेको छ। 

तान चुन लोक र टारेस पारामो जर्जले दुई–दुई गोल गरेपछि हङकङको सहज जित पक्का भएको थियो । तान चुनको गोलमा पाँचौं मिनेटमा अग्रता लिएको हङकङका लागि टारेस पारामोले चार मिनेटपछि दोस्रो गोल गरेका थिए । तान चुकले मध्यान्तर हुन आठ मिनेट बाँकी रहँदा व्यक्तिगत दोस्रो गोल गरे भने ४१औं मिनेटमा टारेस पारामेले अर्को गोल थपे। 

जितपछि समूह ‘ए’ का दुई खेल समाप्तीमा हङकङ सत प्रतिसत ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । दुई खेलमा ४ अंक जोडेको प्यालेस्टाइन दोस्रो स्थानमा छ भने आयोजक इन्डोनेसिया एक खेलमा तीन अंक जोड्दै तेस्रो स्थानमा छ । तीन खेलमा १ अंकमात्र जोड्न सकेको चाइनिज ताइपेई चौथो स्थानमा रहँदा लाओसले खाता खोल्न सकेको छैन । समूहका शीर्ष दुई टोली सोझै अन्तिम १६ प्रवेश गर्नेछन् भने ६ वटा समूहमा तेस्रो स्थान हासिल गर्नेमध्ये उत्कृष्ट चार पनि नकआउट चरणलाई लायक हुने व्यवस्था छ। 

यसैगरी समूह ‘इ’ मा मलेसियाले विजयी सुरुआत गरेको छ । बुधबार भएको आफ्नो पहिलो खेलमा मलेसियाले किर्गिस्तानमाथि ३–१ को विजयी नतिजा निकाल्यो। 

रसिद मोहम्म्द साफावीको गोलमा मलेसियाले ३८औं मिनेटमा अग्रता लिएको थियो । इमिस्ट बाटिरकानोभले ५५आंै मिनेटमा बराबरी गोल गरेपछि किर्गिस्तानले खेलमा फर्किने संकेत गरेको थियो । तर अब्दुल रसिद मोहम्मद अख्यार र अहमद मोहम्मद सियाफिकले ६० र ७८औं मिनेटमा गोल थपेर मलेसियाको जित पक्का गरे। 

यसैगरी बुधबारै समूह ‘एफ’ अन्तर्गत भएको खेलमा इरान र साउदी अरेबियाले गोलरहित बराबरी नतिजाका साथ प्रतियोगिताको सुरुआत गरेका छन्। 

 

प्रकाशित: ३१ श्रावण २०७५ ०३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App