८ वैशाख २०८१ शनिबार
खेल

स्टिड न्युजिल्यान्डका प्रशिक्षक

वेलिङटन – न्युजिल्यान्ड क्रिकेट बोर्डले बुधबार पूर्व ब्याटस्म्यान ग्यारी स्टिडलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
माइक हेसन जुनमा जिम्मेवारीबाट हटेपछि न्युजिल्यान्डको क्रिकेट टोली प्रशिक्षकविहिन थियो । राष्ट्रिय टोलीसँग १ वर्षको सम्झौता अबधी बाँकी हरे पनि हेसनले राजिनामा दिएका थिए। 

२०१२ मा न्युजिल्यान्डको प्रशिक्षकमा नियुक्त भएका हेसनले टोलीलाई २०१५ मा घरेलु मैदानमा भएको विश्वकपको फाइनलसम्म डोर्याएका थिए । न्युजिल्यान्ड क्रिकेट बोर्डले स्टिडलाई २ वर्षका लागि नियुक्त गरेको हो। 

४६ वर्षे स्टिडले न्युजिल्यान्डबाट मात्र ५ टेस्ट खेलेका थिए । खेल जीवन सफल नभए पनि स्टिडले न्युजिल्यान्डको घरेलु क्रिकेटमा राम्रा प्रशिक्षकको छाप छोडेका छन् । उनले सान्टेब्युरेलाई २०१४, २०१५ र २०१६मा गरी तीन पटक घरेलु प्रतियोगिताको उपाधि जिताएका थिए । स्टिडले २००९ को महिला विश्वकप क्रिकेटमा न्युजिल्यान्डलाई फाइनल सम्म डोहोर्याएका थिए।

‘न्युजिल्यान्ड टोली अहिले उत्कृष्ट लयमा छ र त्यो लयलाई निरन्तरता दिलाइ राख्नु मेरो मुख्य चुनौती हो,’ स्टिडले भने, ‘मुख्य प्रशिक्षको जिम्मेवारी दिएकोमा म न्युजिल्यान्ड क्रिकेट बोर्डलाई धन्यवाद दिन चाहन्छु । म आफ्नो जिम्मेवारी पूरा गर्न उत्सुक छु।’

न्युजिल्यान्ड क्रिकेट बोर्डका प्रमूख डेभिन ह्वाइटले स्टिडको नियुक्तीबाट आफूहरु उत्साही भएको बताए । ‘ग्यारी स्टिड अनुभवी प्रशिक्षक हुन्,’ ह्वाइटले भने, ‘उनको प्रशिक्षणमा न्युजिल्यान्ड क्रिकेटले थप सफलता चुम्नेमा हामी विश्वस्त छाैं।’

 

प्रकाशित: ३१ श्रावण २०७५ ०३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App