coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

कोरियाका संयुक्त चियर लिडर्स

जकार्ता – जकार्ता र पालेम्बाङमा शनिबार सुरु हुने १८ औं एसियाली खेलकुदमा सहभागिता जनाउने संयुक्त कोरियाली टोलीका लागि उत्तर र दक्षिण दुवै कोरियाको संयुक्त चियर लिडर्स समूह बनाइएको छ। 

बोट रेसिङ, महिा बास्केटबल र लाइटवेइट रोविङमा दुई कोरियाले संयुक्त टोली सहभागि गराउने भएको छ । शनिबार हुने उदघाटन समारोहमा दुई कोरियाका खेलाडीहरुले संयुक्त मार्चपास गर्ने अपेक्षा गरिएको छ । शोलमा केही दिनअघि ‘वान कोरिया चियरिङ टोली’ घोषणा गरिएको थियो। 

‘दुई देशको संयुक्त सहभागिता भनेको खेलमामात्र सिमित पक्कै पनि छैन । यो दुई देशबीचको सम्बन्ध सुमधुर बनाउने तथा एकताको प्रयास हो,’ कोरिया एरोस्पेस विश्वविद्यालयमा अध्ययनरत २० वर्षे विद्यार्थी किम सु जियोङले चियर लिडिङ टिममा छनोट भएपछि भने, ‘चियर लिडर्सको संयुक्त टिम बनाइनु पनि दक्षिण र उत्तर कोरियाली बीच सहकार्य र सदभावको संकेत हो।’

चियर लिडर्सको संयुक्त टिममा ४० चियर लिडर्स र अन्य १ सय सदस्य हुनेछन् । यो टोली शुक्रबार जकार्ता आइपुग्ने बताइएको छ । टोलीमा इन्डोनेसियामै रहँदै आएका अन्य ३ सयभन्दा बढि कोरियाली चियर लिडर्स पनि समावेश गरिनेछन्। 

प्योङचाङमा केही महनिाअघि सम्पन्न हिउँदे ओलम्पिकमा पनि उत्तर र दक्षिणको संयुक्त टोलीले महिला आइस हक्कीमा सहभागिता जनाएको थियो । उदघाटन समारोहमा पनि दुवै कोरियाका खेलाडीहरुले सँगसँगै रहेर मार्चपास गरेका थिए। 

 

प्रकाशित: ३१ श्रावण २०७५ ०३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App