coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अरुण ३ : मजदुरको शव गृहजिल्ला पठाइयो, काम सूचारु

संखुवासभा– संखुवासभामा निर्माणाधिन अरुण तेस्रो परियोजनामा मृत्यु भएका मजदुरको शव बुधबार गृह जिल्ला पठाइएको छ। कालीकोट जिल्ला खाँडाचक्र नगरपालिका १ का २६ वर्षीय केशव शाहीको शव बुधबार गृहजिल्ला पठाइएको हो।

आयोजनाका कर्मचारी, जिल्ला प्रशासन र राजनीतिक दलका व्यक्तिहरु बैठक बसेर फिस्टेल एयरको हेलिकप्टरमार्फत शव पठाइएको हो। सुरुङ मार्ग अगाडि काम गरिरहेको अवस्थामा माथिबाट खसेको ढुङ्गा लागेर शाहीको सोमबार साँझ मृत्यु भएको थियो। शाहीको विमा बापतको ३२ लाख रुपैंया प्राप्त हुने निर्माण कम्पनीले जनाएको छ। 

शाहीको मृत्युपछी मजदुरलाई आवश्यकता अनुसार सेफ्टीका सामग्री नदिएको र तोकिएको समय भन्दा बढी काम लगाएको भन्दै नेपाली मजदुरहरुले काम ठप्प पारेका थिए। उनीहरुले आजैबाट काम सुरु गरेको बताइएको छ। जिल्लाको दररेट अनुसार आधा तलब समेत नपाएको मजदुरहरुले गुनासो गरेका छन्। 

९ सय मेघावाट विद्युत्त उत्पादन हुने उक्त जलविद्युत्त आयोजनाको भारतीय सतलज कम्पनीले काम गर्दै आइरहेको छ।

प्रकाशित: ३० श्रावण २०७५ १५:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App