टीकापुर घटनाको मुद्दाको सुनुवाइ प्रक्रिया शुरु

बुधबार, ३० साउन २०७५, १९ : १९ नागरिक

धनगढी- झण्डै तीन वर्षअघि भएको टीकापुर घटनासँग सम्बन्धित मुद्दामा आज तोकिएको पेशीमा वादी प्रतिवादी पक्षका व्यक्तिसँग साक्षी बुझ्ने आदेश भएको छ। कैलाली जिल्ला अदालतका न्यायाधीश पर्शुराम भट्टराईको इजलासले सो आदेश दिएको अदालतका स्रेस्तेदार इन्दबहादुर कठायतले बताए। उक्त मुद्दामा आगामी भदौ २४ गते अर्को तारिख तोकिएको छ।

न्यायाधीश भट्टराईको इजलासबाट उक्त मुद्दाको सुनुवाइ प्रक्रिया शुरु भएपछि सर्वसाधारणको चासो बढेको छ। टीकापुरमा भएको घटनासँग सम्बन्धित मुद्दा सरकारवादी फौजदारी हो। भदौ ७ गते टीकापुर घटना भएको तीन वर्ष पुग्दैछ।

घटनाका अभियुक्तमध्ये २३ जना पुर्पक्षका लागि कैलाली कारागार र एक जना (रेशमलाल चौधरी) केन्द्रीय कारागार तथा अभियुक्तका आश्रित दुई बालकलाई पोखराको बाल सुधारगृहमा राखिएको छ। टीकापुर घटनाका ५८ अभियुक्त रहेकामा २२ जना अझै फरार रहेको अदालतका स्रेस्तेदार कठायतले बताए। थरुहट/थारुवान राज्यको माग गर्दै भएको आन्दोलनका क्रममा विसं २०७२ भदौ ७ गते भएको झडपमा परी एक नाबालक र सात प्रहरीको मृत्यु भएको थियो। रासस

 








यसमा तपाईको मत

अन्य समाचार

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान सुरु गरेको छ । ...

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले प्रदेश १ का धार्मिक स्थलहरू हलेसी र पाथीभरालाई लक्षित गरी उडान सुरु गर्ने तयारी गरेको छ । ...

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

हिलटेक प्लास्टिक एन्ड पाइप प्रालि नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो...

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...

सिद्धार्थ बैंकको “सरल एसएमइ कर्जा”

सिद्धार्थ बैंकको “सरल एसएमइ कर्जा”

सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा पचहत्तर लाख रुपैया सम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने...

वेत्रावतीमा टिम्स चेकपोस्ट

वेत्रावतीमा टिम्स चेकपोस्ट

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित तथा सुरक्षित बनाउन र पदयात्रामा गएका पर्यटकको तथ्यांक राख्न पदयात्रा...

Ncell Footer Ad