coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

किम कार्दशियन जेलमा !

न्युयोर्क– अमेरिकी टिभी स्टार किम कार्दशियन जेल पुगेकी छिन्। क्यालिफोर्नियाको ‘इन्सिट्युसन फोर विमन इन कोरोना’ नामक जेलमा आफ्ना बडिगार्डका साथ पुगेकी किमले त्यहाँ सजाय काटिरहेका कैदीसँग भेटघाट गरेकी छिन्।

घण्टौं कैदीसँग समय विताएकी उनले जेलका गतिविधीबारे जानकारी पनि लिएकी थिइन्। यो जेलमा १८ सय महिला कैदी छन्। उनले १५ कैदीसँग कुरा गर्दै पुनर्वासका लागि काम गर्ने प्रतिबद्धता जनाइन्।

किमले यसअघि मे महिनामा राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा भेट गरी जेल सुधार र कैदीको सजायबारे छलफल गरेकी थिइन्। किम सामाजिक कामले चर्चित छिन्।

प्रकाशित: ३० श्रावण २०७५ १३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App