साउदी जेलमा रहेका दिलबहादुर बचाउन ६७ लाख परराष्ट्रमन्त्रीलाई हस्तान्तरण

बुधबार, ३० साउन २०७५, १८ : १२ नागरिक

काठमाडौं- दुई वर्षदेखि साउदी अरेवियाको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरको रिहाईका लागि साउदी अरबले तोकेको 'ब्लडमनी' परराष्ट्रमन्त्रीलाई हस्तान्तरण गरिएको छ।

दिलबहादुरका लागि अदालतले तोकेको ६७ लाख रुपियाँ ‘दिलबहादुर बचाउन ब्लडमनी संकलन अभियान–२०७५’ मूल समितिले बुधबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई हस्तान्तरण गरेको हो। 

अभियानका संयोजक दिपेश पुन, सचिव जीवन रोकामगर, दिलबहादुरकी पत्नी मनिका बुढाले मन्त्रीमार्फत हस्तान्तरण गरेका ब्लडमनी साउदी अरबमा रहेको नेपाली दूतावास मार्फत मृतक साउदी नागरिकका परिवारलाई हस्तान्तरण गर्न परराष्ट्रमन्त्रालयले बुधबार नै प्रक्रिया सुरु गरेको छ। अभियानले हस्तान्तरण गरेको चेक ग्रहण गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले दिलबहादुरको जीवनरक्षाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए। 

‘एक जना नेपालीको दुःखमा सारा नेपालीले सहयोग गर्नुभएको छ,’ मन्त्री ज्ञवालीले भने, ‘म दिलबहादुरको जीवन रक्षाका लागि अभियान सञ्चालन गर्ने र आर्थिक सहयोग गर्ने सबै नेपालीलाई धन्यवाद दिन्छु।’ यसैबीच दिलबहादुर बचाउन ब्लडमनी संलन अभियान मूल समितिले दिलबहादुरका लागि चालिएको सहयोग अभियान अन्त्य गरिएको घोषणा गरेको छ। बुधबार प्रेस वक्तव्य जारी गरेर सहयोगी सबैलाई धन्यवाद दिंदै अभियान अन्त्य गरिएको घोषणा गरेको हो। 

अभियानको क्रममा एक करोड चार लाख २६ हजार २२३ रुपैयाँ संकलन भएको अभियानले जानकारी गराएको छ। विदेश तथा स्वदेशका विभिन्न संघ संस्थाहरुबाट ५५ लाख ६० हजार २४१, विभिन्न व्यक्तिगत अभियान्ताहरुबाट ३३ लाख ७६ हजार ५९५, व्यक्तिगत सहयोगबाट नौ लाख २२ र गत वर्षको संकलित रकम पाँच लाख ८९ हजार ३६५ रकम संकलित भएको अभियानले सार्वजनिक गरेको छ। 

‘सहयोग अभियानको क्रममा विभिन्न देशमा सहयोग अभियान चलाउनुहुने महानुभावहरु, स्वदेशमा अभियान चलाउनुहुने महानुभावहरु र आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिन चाहन्छौँ’ वक्तव्यमा भनिएको छ, ‘विशेष गरी वैदेशिक रोजगारीको क्रममा आफ्नो गास कटाएर सहयोग गर्नुहुने आदरणीय दिदी–बहिनी तथा दाजुभाईहरुलाई धन्यवाद दिन चाहन्छौँ। अभियानले संकलित मध्य बचेको रकम विशेष कोष बनाएर राख्ने घोषणा गरेको छ।

 








यसमा तपाईको मत

अन्य समाचार

इटहरीमा भोलि एनसेल मेला

इटहरीमा भोलि एनसेल मेला

एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...

कतार एयरवेजले  ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...

Ncell Footer Ad