coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नौमुरे आयोजनाको डिपिआर तयार गरिँदै, अर्काे वर्षदेखि निर्माण सुरु गरिने

प्रस्तावित आयोजनाको ड्याम स्थल ।

अर्घाखाँची - नौमुरे जलविद्युत आयोजनाको डिपिआर तयारीको काम अघि बढेको छ। डिपिआर निर्माण गरेपछि केन्द्र सरकारले आगामी वर्षबाट आयोजना निर्माणको कार्य अघि बढाउने भएको छ। अर्घाखाँची र प्यूठानको सिमानामा पर्ने यो आयोजनाबाट २ सय ४५ मेगावाट विद्युत निकाल्न सकिन्छ।  वर्षौंदेखि अलपत्र अवस्थामा रहेको आयोजनाको सर्वे गर्न थालिएपछि निर्माणकाे कार्य अघि बढ्ने आशा स्थानीयमा पलाएको छ।

२०४४ देखि ०४६ सम्म लगाएर सर्वे गरिएको आयोजनाको निर्माण कार्य सुरु भएको केहि समयमै बन्द भएको थियो। जिल्लाबाट प्रदेश र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले नौमुरे आयोजना निर्माणमा चाँसो देखाएका छन्। यो आयोजना निर्माण कार्य सम्पन्न गर्ने विषयलाई निर्वाचनमा उम्मेद्वारहरुले चुनावी नारा बनाउने गर्छन। गत प्रदेशसभा र प्रतिनिधिसभाका उम्मेद्वारहरुले पनि नौमुरेलाई मुख्य चुनावी एजेण्डाको रुपमा अघि सारेका थिए। 

प्रनिनिधि सभा सदस्य टोपबहादुर रायमाझी, प्रदेशसभा क्षेत्र नं. १ का सांसद चेतनारायण आचार्य र २ का सांसद रामजीप्रसाद घिमिरे केहि दिन अघि नौमुरे परियोजना निर्माण सम्पन्न गर्ने विषयमा  प्रधानमन्त्री केपि ओलीसँग छलफल समेत गरेका थिए।  प्रधानमन्त्रीले यस वर्ष डिपिआर तयार गरि आगामी वर्ष केन्द्र सरकारले आवश्यक वजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे अनुरुप डिपिआरको काम सुरु भएको प्रदेश सांसद आचार्यले बताए। 

तत्कालिन पञ्चायत सकारले अयोजनाको कामलाई प्रारम्भ गरे पनि बहुदल आएपछि रोकिएको स्थानीय बताउँछन्। ‘आयोजना अलपत्र रहेको देख्दा दुःख लाग्ने गरेको  छ’ स्थानीय पिताम्मर सारुले भने, ‘सरकारले छिट्टै काम अघि बढाउनुपर्छ।’ तत्कालिन विद्युत समितिको संयोजक समेत रहेका सारुले बेलाबेलामा नौमुरेको बारेमा  कुरा उठ्ने गरेको भएपनि निर्माण कार्य सुरु नहुँदा चिन्तित बन्नु परेको बताए। ‘बेलाबेलामा आयोजना  बन्ने भयो भनेर मिडियामा आउँछ’ उनले भने, ‘फेरी सर्भे सुरु गर्न थालिएकाले अलिकति आशा पलाएको छ।’ 

यहाँ सुख्खायाममा पनि   २ सय ४५ मेगावाट विद्युत निकाल्न सकिने अध्ययन टोलीले प्रतिवेदन तयार पारेको थियो। स्थानीय जुनबहादुर पुलामीले यो आयोजना निर्माण गर्ने काममा सरकारले उदासिनता देखाएको बताए। कपिलवस्तुको ४०  हजार हेक्टर जमिनमा समेत सिँचाइ पुर्‍याउने एकमात्र विकल्पका रुपमा नौमुरेलाई अघी सारिएको छ। 

 

प्रकाशित: ३० श्रावण २०७५ १०:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App