वाढीले बगाउँदा जाजरकाेटमा एककाे ज्यान गयाे, कराेडाैकाे क्षती

बुधबार, ३० साउन २०७५, १३ : ४३ जनक केसी

जाजरकाेट - अविरल वर्षाका कारण  आएको वाढीले वगाउँदा  जाजरकोटमा एक जनाको ज्यान गएको छ भने करोडौं को क्षति भएको छ। नलगाड नगरपालिका ७ दानीपिपल स्थित  खोलामा आएको वाढीले  वगाउँदा स्थानीय ३८ वर्षीय उमेस साहीको ज्यान गएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रविन्द्र वहादुर सिंहका अनुसार खोलावाट दाउरा निकाल्ने क्रममा उनको ज्यान गएको  हो।  यस्तै  मंगलवार राति देखि परेको भारी वर्षाका कारण सोहि नगरपालिकाको  वडा नम्वर ३, ४ र ५ मा पर्ने कैना  र झुप्रा खोलामा  आएको वाढीले  करोडौं मुल्य वरावरको क्षति गरेको छ।  यस्तै खोलाको वाढीले  एक दर्जन वढी स्थानीयका घरहरु, दुइवटा पुलहरु, दुइवटा काठेपुल , तीन वटा ठुला मिलहरु र  एक दर्जन वढी घट्टहरु, दर्जन वढी घुम्तीहरु, केहि पसलहरु वगाएको  स्थानीय हासीलाल पन्तले वताए। उनका अनुसार तीन वडाका जनताहरुले आवातजावत गर्ने  झोलुंगे पुल तथा  नलगाड नगरपालिकाको मुख्य वजारमा प्रवेस गर्ने  कालीमाटी स्थित ट्रस व्रीज वगाउँदा नगरपालिका प्रवेस गर्ने सवै वाटोहरु वन्द भएका छन्।  

नलगाड नगरपालिकाका मेयर टेकवहादुर रावले वाढीवाट क्षति व्यहोरेका जनताको सहयोगका लागि आफुले केन्द्र सरकार र जिल्लाका सांसदहरुसँग  समन्वय गरिरहेको वताए। वाढीमा वग्दै गरेका घर पसलहरुवाट स्थानीयहरुका सामाग्रीहरु  जोगाउन र जनतालाइ सुरक्षित स्थानमा  लैजानका लागि आफुहरुले पहल  गरिहेको  मेयर रावलले नागरिकलाइ वताए। यस्तै प्रमुख जिल्ला अधिकारी  ललितकुमार वस्नेतले नलगाडमा आएको वाढीले ठुलो क्षति पुर्‍याएको वताए। उनले  वाढीले पुर्‍याएको क्षतिको विवरण  पुरै आएपछि जनतालाइ सहयोग गर्ने वारे  जिल्ला दैवीप्रकोप उद्दार समितिको वैठक वसेर  आवस्यक निर्णय गरिने वताए। यस अघि  वर्षातकै कारण आएको पहिरोले  सदरमुकाम खलंगामा गत हप्ताको आइतवार  ९ जनाको ज्यान गएको थियो भने दुइ घर पुरिएका थिए।  

 








यसमा तपाईको मत

अन्य समाचार

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...

सिद्धार्थ बैंकको “सरल एसएमइ कर्जा”

सिद्धार्थ बैंकको “सरल एसएमइ कर्जा”

सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा पचहत्तर लाख रुपैया सम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने...

वेत्रावतीमा टिम्स चेकपोस्ट

वेत्रावतीमा टिम्स चेकपोस्ट

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित तथा सुरक्षित बनाउन र पदयात्रामा गएका पर्यटकको तथ्यांक राख्न पदयात्रा...

कुमारी स्मार्ट मोबाइल बैंकिङमा योजना

कुमारी स्मार्ट मोबाइल बैंकिङमा योजना

कुमारी बैंकले नगदरहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न विभिन्न योजना ल्याएको छ । ...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सभा

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सभा

स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

१०औं एफक्यान एक्सिलेन्स अवार्ड सम्पन्न

१०औं एफक्यान एक्सिलेन्स अवार्ड सम्पन्न

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धि सिद्धि सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । ...

दराजमा १२.१२ सेलको पालो

दराजमा १२.१२ सेलको पालो

नेपालको बृहत्तर अनलाइन सपिङ गन्तव्य दराजले दराज १२.१२ घोषणा गरेको छ । ...

Ncell Footer Ad