coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

एपिएफ र डायमन्डको जित

काठमाडौं–न्यु डायमन्ड स्पोर्टस क्लबले मंगलबार एनभिए कप राष्ट्रिय महिला तथा पुरुष भलिबलको तेस्रो संस्करणमा त्रिभुवन आर्मी क्लबमाथि विजय पाएको छ।

डायमन्डसँग२५–११, २५–१४, २५–१६ को सोझो सेटमा हार्दा आर्मीकप्तान निमा श्रेष्ठ भने टोलीमा थिइनन् । भेट्रान खेलाडी निमासंन्यास लिने योजनामा छिन् । आर्मीको जर्सीमा करिब १ वर्ष ६ महिना खेलेकी निमाले संन्यास घोषणा नगरे पनि केही समयका लागि नखेल्ने निर्णय गरेको बताइन् । उनी नेपालकातीनैवटै विभागीय टोलीबाट खेलेकी खेलाडी हुन् ।

पोखराको लामाचौरमा हालै सम्पन्न खुला राष्ट्रिय महिला भलिबलमा आर्मी चौथो भएर फर्किएको थियो । जुन निमाको पछिल्लो स्पर्धा हो ।

सन् २००६ मा श्रीलंकामा सम्पन्न १०औं दक्षिण एसियाली खेलकुद (साग) को अनुभव बटुलेकी निमाले पुलिसबाट ३ वर्ष र एपिएफबाट ५ वर्ष घरेलु प्रतियोगिता खेलेकी थिइन् ।

लामाचौरमा चौथोपटक च्याम्पियनभएको डायमन्डले आर्मीलाई हराउन धेरै मिहिनेत गर्नुपरेन। त्रिपुरेश्वरस्थित कभर्ड हलमा प्रतिभा मालीको सशक्त स्पाइकले आर्मीको समन्वय खल्बलिएको थियो । डायमन्डकी ओपन स्पाइकर पनमिका राई र कप्तान ललिता नाथले प्रतिभाको लयपछ्याउँदै टोलीको स्कोर बढाउन सहयोग गरे ।

प्रशिक्षक कुमार राईले आर्मीलाई हराउन कठिन नभएको बताए । उनले भने, ‘टोलीले आफ्नो लयमा खेल्न सकेन तर नतिजा हाम्रो पक्षमा आयो । अब अन्य विभागीय टोलीलाई हराउने बारेमा सोच्न जरुरी छ।’

अब डायमन्डले असोज २ मा साबिक विजेता एपिएफसँग प्रतिस्पर्धा गर्नेछ । राईका अनुसार सेमिफाइनल चुनौतीपूर्ण छ ।

उनले थपे, ‘हामी सरस्वती (चौधरी) सहितको एपिएफ टोलीलाई हराउन चाहन्छौं । घरेलु भलिबलमा एपिएफ र डायमन्ड नियमित प्रतिद्वन्द्वी हुन् । दुवै टोलीका लागि सेमिफाइनल खेल नै फाइनलसरह हो।’

आर्मीका प्रशिक्षक जगदीश भट्टले खेलाडीनर्भस हुँदा स्वभाविक खेल देखाउन नसकेको बताए । उनले भने, ‘हाम्रो कमजोरी भनेको अनुभव नहुनु हो । अनुभव बढ्दै गए भविष्यमा आर्मी टिम बलियो हुन्छ ।’

आर्मीबाट निमाको स्थानमा निरुता ठगुन्नाले खेलेकी थिइन् । कप्तानको जिम्मेवारी मनीषा खाँडले सम्हालिन् । ओपन स्पाइकर निरुतासँगै क्विक स्पाइकर संगम महतोले पनि आर्मीबाट डेब्यु गरे । महिलातर्फ अर्को खेलमा साबिक विजेता एपिएफले काभ्रे भलिबल टोलीलाई सहजै २५–५, २५–८, २५–३ ले पराजित गर्यो।

भदौ २सम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ मणिमुकुन्द भलिबल क्लबले काभ्रे जिल्लालाई २५–१२, २५–१७, २५–१८ रढोरपाटन स्पोर्टस क्लबले बुढानीलकण्ठ भलिबल क्लबलाई १६–२५, २५, २५–२३, २५–१४, २७–२५ ले पराजित गरे।

प्रकाशित: २९ भाद्र २०७३ ०१:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App