७ वैशाख २०८१ शुक्रबार
समाज

छोरा र भाइको हत्या

जाजरकोट – रुकुम (पश्चिम) को मुसीकोट नगरपालिका–१४ मा एक व्यक्तिले बुधबार आफ्नै छोरा र भाइको हत्या गरेका छन्।

छिवाङ चौताराका ३६ वर्षीय शंकर बिष्टले ६ वर्षीय छोरा सुदर्शन र २० वर्षीय भाइ गोकर्णको खुकुरी प्रहार गरी हत्या गरेका हुन्। शंकरले खुकुरी प्रहार गरी आफ्ना दुई छोरालाई समेत घाइते बनाएको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए। उनको मानसिक अवस्था ठिक नभएको बताइएको छ।

छोरा र भाइको हत्या गरेपछि शंकरले आत्महत्याको प्रयास गरेका थिए। शंकर र उनका घाइते दुई छोराको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। (रासस)

 

प्रकाशित: ३० श्रावण २०७५ ०५:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App