८ वैशाख २०८१ शनिबार
अर्थ

ज्योति विकास र कुमारी बैंकबीच रेमिटेन्स सम्झौता

काठमाडौं – ज्योति विकास बैंक र कुमारी बैंकबीच रेमिट सेवा आदानप्रदान गर्ने सम्झौता भएको छ ।  सम्झौतापत्रमा ज्योतिका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र कुमारीका निमित्त प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले हस्ताक्षर गरेका छन्। 

ज्योति विकास बैंकले हालै सञ्चालनमा ल्याएको ज्योति रेमिट सेवा कुमारी बैंकका ८५ वटा शाखा कार्यालयबाट र कुमारी बैंकको रेमिटेन्स सेवा ज्योति विकास बैंकका ६० वटा शाखाबाट प्राप्त गर्न सकिने भएको छ । ज्योति चालु आर्थिक वर्षभित्रै थप ३० वटा शाखा विस्तार गर्ने लक्ष्य लिएको छ।

 

प्रकाशित: ३० श्रावण २०७५ ०४:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App