७ वैशाख २०८१ शुक्रबार
अर्थ

पञ्चकन्या ग्रुपको सरोकारवालासँग भेटघाट

काठमाडौं – पञ्चकन्या ग्रुपले जापानी कम्पनी हाजमा–अन्डूद्वारा प्रसूति गृहको नयाँ बन्दै गरेको भवनमा कार्यरत जापानी तथा नेपाली इन्जिनियर, ओभरसियर र प्राविधिकबीच भेटघाट कार्यक्रम गरेको छ। 

भेटघाटमा सिपिभिसी तथा पिभिसी पाइप जडानसम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान दिएको कम्पनीले जनाएको छ।  

उक्त कार्यक्रममा २५ प्राविधिक सहभागी थिए । सो अवसरमा सहरी विकास मन्त्रालयका सहसचिव तथा भवन विभागका महानिर्देशक, उपमहानिर्देशक, इन्जिनियर, ओभरसियर तथा प्राविधिक गरी ६० जनाको उपस्थिति रहेको जारी विज्ञप्तिमा उल्लेख छ। 

उक्त कार्यक्रममा जापानको सेक्युसी कम्पनीबाट आएका प्राविधिकले सिपिभिसी प्रोडक्टबारे जानकारी गराएका थिए । दुवै कार्यव्रmममा पञ्चकन्या ग्रुपका सञ्चालक तथा गु्रपका वरिष्ठ कर्मचारीको उपस्थिति रहेको कम्पनीले जनाएको छ। 

प्रकाशित: ३० श्रावण २०७५ ०४:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App