coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धादिङमा ‘स्क्रब टाइफस’

धादिङ – धादिङमा स्क्रब टाइफसका बिरामी फेला परेका छन् । जिल्ला अस्पताल धादिङमा ज्वरोको उपचार गर्न आएका बिरामीहरूको रगत परीक्षण गर्दा उनीहरूमा स्क्रब टाइफस संक्रमण देखिएको हो।

पाँच जनामा स्क्रब टाइफस संक्रमण भेटिएको र उपचारपछि निको भएर उनीहरू अस्पतालबाट डिस्चार्जसमेत भइसकेको अस्पतालका सूचना अधिकारी कृष्णलाल उप्रेतीले जानकारी दिए । ‘पछिल्लो दुई सातामा स्क्रब टाइफस संक्रमित पाँच बिरामी भेटिएका छन्,’ उप्रेतीले भने, ‘यसले महामारीको रूप लिन सक्नेतर्फ सचेत रहन सबैलाई आग्रह गरिएको छ।’

अस्पताल आउने स्क्रब टाइफसको शंका भएका बिरामीहरूको निगरानीपूर्वक उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ । मुसामा पाइने किर्ना माइट (ओरिएन्टा सुसुगामुसी) नामक ब्याक्टेरियाको संक्रमणले स्क्रब टाइफस देखापर्छ । मुसाको कानमा हुने परजीवी झाडीमा खस्ने र त्यसबाट मानिसहरूमा उक्त रोग सर्ने भएकाले आफ्नो घर वरपर सफा राख्न चिकित्सकहरूले सुझाव दिएका छन्।

उपचारमा आउने अधिकतर बिरामीमा कडा ज्वरो आउने, टाउको दुखिरहने, पसिना आइरहने, खान मन नलाग्ने लगायतका लक्षण देखिएको उप्रेतीले जानकारी दिए । सामान्य ज्वरो आए पनि तत्काल स्वास्थ्य संस्थामा गएर चेकजाँच गराउन चिकित्सकहरूले आग्रह गरेका छन्।

२०७२ सालको विनाशकारी भूकम्पपछि नेपालमा स्क्रब टाइफस देखा परेको थियो । स्क्रब टाइफस बिरामीको उपचार कम्तीमा एक साताभित्र भइसक्नुपर्ने चिकित्सकले बताएका छन् । समयमा उपचार नभएमा संक्रमण फैलिने र शरीरका विभिन्न अंगले काम नगर्ने हुनुका साथै बिरामीको मृत्युसमेत हुने चिकित्सक बताउँछन्।

प्रकाशित: ३० श्रावण २०७५ ०४:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App