८ वैशाख २०८१ शनिबार
कला

रुपाको ‘हिम्मत भाकी छोरी’

काठमाडौं – बाल्यवस्थामा नै बिजुलीको करेन्टका कारण दुबै हात गुमाएकी रुपा रौतारले ‘डेब्यु’ एल्बम ‘हिम्मत भाकी छोरी’ श्रोतामाझ ल्याएकी छन् । बुटवल घर भएकी रुपाको एल्बमलाई सोमबार राजधानीमा कलाकार हरिवंश आचार्य, संगीतकार सुरेश सेन्चुरी, राजु सिंह र समाजसेवी विकाश घिरैयाले सार्वजनिक गरे। 

एल्बममा ६ गीत छन् । रुपाको एकल स्वर तथा सुरेशको एकल संगीत रहेको एल्बममा सरला गह, तेजप्रसाद पाण्डे, रोजिना थापा, डा.कृष्णहरि बराल, दिनेश खड्का र संगीतकार सुरेश शब्द छ। 

कार्यक्रममा कलाकार हरिवंशले रुपाको स्वरले आफ्नो मन छोएको बताए । ‘उहाँको बारेमा बुझेर यहाँ गीत सुन्दा र हेर्दा झनै भावुक भएँ । गीतमा लेखिएका शब्द र भरिएको स्वरले उहाँको जीवन बोल्छ,’उनले भने,‘रुपाको प्रतिभा आज हामीले देख्यौ र सुन्यौं । यसलाई छिट्टै नै विश्वले पनि बुझ्न पाओस।’

बुटवलस्थित बागेश्वरी संगीत विद्यालयमासमेत आबद्ध संगीतकार सुरेश आफूहरूले विगत ६ वर्षदेखि रुपालाई संगीतको प्रशिक्षण दिईरहेको बताए। 

कार्यक्रममा ‘लेख्दै छु’ र ‘हिम्मत भाकी छोरी’को भिडियो सार्वजनिक गरिएको थियो । ‘लेख्दै छु’मामा प्रविन खड्काको छायांकन , प्रेम नेपालीको सम्पादन र यम पुनको निर्देशन रहेको थियो । अर्को गीतमा ज्ञानेन्द्र शर्माको छायांकन, भरत रेग्मीको सम्पादन, सुबोल थापाको कोरियोग्राफी र सुव्रतराज आचार्यको निर्देशन छ।

 

प्रकाशित: ३० श्रावण २०७५ ०३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App