८ वैशाख २०८१ शनिबार
कला

‘गोपी’मा भित्रिए विपिन र वर्षा

काठमाडौं – छायांकनको मिति नजिकिँदै गर्दा फिल्म ‘गोपी’मा अनुबन्धित दुई कलाकारले हात झिकेपछि उनीहरूको स्थानमा नयाँ कलाकार अनुबन्धित भएका छन्। 

अभिनेत्री वर्षा शिवाकोटीको ठाउँमा वर्षा राउत आएकी हुन् भने  खगेन्द्र लामिछानेको ठाउँमा  विपिन कार्की अनुबन्धित भएका हुन् । फिल्म युनिटले मंगलबार राजधानीमा आकस्मिक पत्रकार सम्मेलन गर्दै खगेन्द्रको स्थानमा विपिनलाई अनुबन्धित गरिएको जानकारी दिएको छ। 

निर्देशक दीपेन्द्र लामाले आपसी समझदारीमै खगेन्द्रले फिल्म छाडेको बताए ।  ‘फिल्मको स्क्रिप्टमा खगेन्द्रजीको पनि मेहनत छ । केही कारणले गर्दा खगेन्द्रजीले फिल्म गर्न सक्नुभएन’, उनले भने,‘खगेन्द्र र वर्षाको ठाउँमा विपिन र वर्षा फिट हुने भएकाले अनुबन्धित गरेका हौं।’ 

कलाकार विपिनले २४ घण्टाको स्क्रिप्ट पढाईमा कथा मनपरेकोले फिल्ममा काम गर्न राजी भएको बताए । ‘म सधैं फिल्म गर्नु अगाडि १–२ महिना स्क्रिप्टमा समय दिन्छु । ‘गोपी’ को हकमा मैले २४ घण्टामा नै स्क्रिप्ट पढेर साइन गरेको हुँ,’ विपिनले भने,‘स्क्रिप्ट मन परेपछि फिल्म छाड्नु हुन्न भन्ने लाग्यो । अनि काम गर्न राजी भएँ।’ 

अभिनेत्री वर्षा राउतले पनि स्क्रिप्ट मनपरेका कारण फिल्म गर्न राजी भएको बताइन् । ‘मैले पूरा स्क्रिप्ट पढें । निकै मनपर्याे । मलाई स्क्रिप्टसँगै टिम पनि राम्रो लाग्यो । राम्रो फिल्ममा काम गर्ने अवसर मैले गुमाउन चाहिनँ ’ उनले भनिन्।

नायिका वर्षा शिवाकोटीले फिल्मबाट बाहिरिएपछि फेसबुकमा ‘साइन गर्दा एउटा चरित्र र पछि अर्कै’ भएको टिप्पणी गरेकी थिइन् ।  फिल्मका लेखक सामीप्यराज तिमल्सेनाले उनलाई सुनाएकोभन्दा दुई चार दृश्य झन् राम्रो भएर आएको बताए । ‘वर्षाले फिल्मको पूरा स्क्रिप्ट नै पढिनन् र रोल चेन्ज भएछ भन्दै उनी अर्कै फिल्मकोे प्रचारमा हिँडिन’, उनले भने। 

अभिनेत्री सुरक्षा पन्तले पनि शिवाकोटीले भूमिकाको बारेमा राम्ररी जानकारी नै नलिइ निर्णय लिएको बताइन् । ‘जब कलाकार वर्कसपमा बसेर स्क्रिप्टमा परिवर्तन ल्याउने कोशिस गर्दैन । तब असन्तुष्टि जनाउनुको अर्थ हुन्छ जस्तो मलाई लाग्दैन,’उनले भनिन्,‘वर्षाजीलाई चित्त नबुझेको थियो भने लेखक निर्देशकले भन्नु भएको भए हुन्थ्यो।’ 

आरोही केसी निर्माता रहेको फिल्ममा न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत, विप्लव प्रतीक र बुद्धिसागरको गीत, निर्देशक दीपेन्द्रको कथा, सामीप्यराज तिमल्सेनाको पटकथा, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहनेछ । फिल्म चैत्र १५ गते रिलिज हुनेछ।

प्रकाशित: ३० श्रावण २०७५ ०३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App