७ वैशाख २०८१ शुक्रबार
राजनीति

युवा अधिकार महाभेला सम्पन्न

काठमाडौं – राष्ट्रिय युवा अधिकार महाभेला ११ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । युथ एड्भोकेसी नेपालको संयोजनमा भएको दुई दिने महाभेलामा ४० भन्दा बढी संघसंस्थामा आवद्ध ३ सयभन्दा बढी सहभागीले विभिन्न युवाका मुद्दा र विषयमा छलफल गरेका थिए।

राज्यका हरेक अंगमा युवाको जनसंख्याका आधारमा प्रतिनिधित्वदेखि शिक्षा, स्वास्थ्य र रोजगारीसम्मका कुरा घोषणापत्रमा समावेश गरिएको युथ एड्भोकसी नेपालका अध्यक्ष नरेन खतिवडाले बताए । राष्ट्रिय, प्रादेशिक र स्थानीय सरकारको कुल बजेटको १० प्रतिशत युवामा लगानी गर्न माग गरिएको छ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर पहिलोपटक भएको राष्ट्रिय युवा अधिकार महाभेलाले युवामा लगानी बढाउन माग गरेको हो । ‘युवा नीतिले किटान गरेका प्राथामिकता र विशेष प्राथामिकता समुहका युवाको हक र अधिकारलाई सुनिश्चित गर्नका लागि राज्यले विशेष नीति तथा कार्यक्रमको अविलम्ब सुनिश्चित गरियोस्,’ घोषणापत्रमा उल्लेख छ।

युवा नीतिले किटान गरेका प्राथामिकता र विशेष प्राथामिकता समूहका युवाको हक र अधिकार सुनिश्चित गर्न राज्यले विशेष नीति तथा कार्यक्रमको अविलम्ब सुनिश्चित गर्नुपर्नेमा महाभेलाले जोड दिएको छ । राष्ट्रिय युवा परिषद्को केन्द्रीय, प्रान्तीय तथा स्थानीय संरचनामा युवा नीतिले उल्लेख गरेका विशेष प्राथमिकता क्षेत्रका युवाको समेत हुनेगरी युवा नागरिक समाजको अनिवार्य प्रतिनिधित्व सुनिश्चिता हुनेगरी ऐन संसोधन गर्न पनि माग गरिएको छ।

प्रकाशित: ३० श्रावण २०७५ ०२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App