७ वैशाख २०८१ शुक्रबार
समाज

कुवेतमा एक नेपालीको मृत्यु

खोटाङ – वैदेशिक रोजगारीका सिलसिलामा कुवेत पुगेका एक नेपालीको मृत्यु भएको छ । खोटाङको दिक्तेलरूपाकोट मझुवागढी नगरपालिका–२, सोल्माका नीरबहादुर राईको मृत्यु भएको हो।

सवारी दुर्घटनामा मृत्यु भएको जानकारी आए पनि यकिन कारण खुल्न बाँकी रहेको मृतकका आफन्त ध्रुवविक्रम राईले बताए । राई ६ वर्षदेखि कुवेतमा काम गर्दै आएका थिए।

‘उहाँ (नीरबहादुर)को सवारी दुर्घटनामा मृत्यु भएको भन्ने खबर आएको छ,’ राईले भने, ‘तर, मृत्युको वास्तविक कारण थाहा हुन सकेको छैन।’

प्रकाशित: ३० श्रावण २०७५ ०२:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App