८ वैशाख २०८१ शनिबार
समाज

पुलको डिपिआर तयार

खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिका प्रवेश गर्ने प्रमुख मार्गमा पर्ने तापखोलामा मोटरेबल पुल निर्माण गर्न डिपिआर तयार पारिएको छ।

केपिलासगढी गाउँपालिकालाई सडक सञ्जालमा जोड्ने हुर्लुङ–जालपा–बाक्सिला सडकखण्डमा पर्ने तापखोलामा मोटरेबल पुल निर्माण गर्न डिपिआर तयार पारिएको हो । २५ मिटर लम्बाइ भएको पुल निर्माण आगामी मंसिर पहिलो सातादेखि सुरु गरिने केपिलासगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले जानकारी दिए।

सुरु गरेको दुई वर्षभित्र पुल पूरा गर्ने लक्ष्यका साथ इ–बिडिङको प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए । सडक सञ्जालमा जोड्ने बाटोमा पक्की पुल नहुँदा विकास निर्माणसमेत प्रभावित भएको बताइएको छ । पुल निर्माणलाई गाउँपालिकाले चालू आर्थिक वर्षकै प्राथमिक आयोजनाका रूपमा अघि सारेको छ।

उक्त पुल ५ करोड १२ लाख ३३ हजार रुपैयाँको लागतमा निर्माण हुने गाउँपालिकाले जनाएको छ । पुलको डिपिआर १५ लाख ४३ हजार रुपैयाँ लागतमा तयार पारिएको हो।

प्रकाशित: ३० श्रावण २०७५ ०१:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App