coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रज्ञाका आजीवन सदस्यले पाए भत्ता

काठमाडौं  – सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य मोदनाथ प्रश्रित, प्रा.डा. वासुदेव त्रिपाठी, निरञ्जन चापागाई (निनु चापागाई) र मञ्जु काँचुली गरी चार जनालाई आजिवन सदस्य भत्ता स्वरुप ४५ लाख २५ हजार ९ सय १९ रुपैयाँ उपलब्ध गराउने भएको छ । केही साता अघि बसेको मन्त्रीपरिषद् बैठकले उक्त रकम अब उपरान्त वार्षिक बजेटमा समावेश गरी उपलब्ध गराउने निर्णय पनि गरेको छ।

‘नेपाल प्रज्ञा प्रतिष्ठान नियमावली, २०६७ बमोजिमको आजीवन सदस्यता पाउनेहरुलाई अब उपरान्त वार्षिक बजेटमा नै व्यवस्था गरी मोदनाथ प्रश्रित, प्रा.डा. वासुदेव त्रिपाठी, निरञ्जन चापागार्र्इं (निनु चापागाईं) र मञ्जु काँचुली गरी चार जनालाई आजिवन सदस्यता भत्ता उपलब्ध गराउन जम्मा ४५ लाख २५ हजार ९ सय १९ रकम अर्थ मन्त्रालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत नेपाल प्रज्ञा प्रतिष्ठानलाई उपलब्ध गराउने,’ गत असार २० गतेको मन्त्रीपरिषद् बैठकले गरेको निर्णयमा भनिएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठान नियमावली, २०६७ को नियम २६ (३) मा प्रतिष्ठानका आजीवन सदस्यहरुलाई भत्ताको व्यवस्था गरिएको छ । उक्त उपनियममा भनिएको छ, ‘आजीवन सदस्यहरुले प्राज्ञ–परिषद्का सदस्यलाई तोकिएको पारिश्रमिकको दुईतिहाई रकम बराबरको भत्ता पाउनेछन् ।’ नियमावलीमा प्रज्ञा–प्रतिष्ठानको आजीवन सदस्यले नेपाल सरकारको कुनै तलबी जागिर पाएमा सो पदमा रहेको अवधिभर त्यस्तो भत्ता नपाउने व्यवस्था छ।

२०१४ सालमा स्थापना गरिएको प्रतिष्ठानमा हालसम्म ४७ जनालाई आजीवन सदस्यता प्रदान गरिएको छ । ती मध्ये २४ जनाको निधन भइसकेको छ । २०५१ साल अघिसम्म यस्तो सदस्यता पाउने जम्मा ११ जना थिए । २०५१ सालमा थप २ जनालाई आजीवन सदस्यता प्रदान गरिएको थियो भने २०५२ सालमा १५ जनालाई आजीवन सदस्यता दिइएको थियो । यस्तै, २०५७ सालमा ११०६९ सालमा ४ जना र २०७२ सालमा ४ जनालाई प्रतिष्ठानको आजीवन सदस्यता प्रदान गरिएको थियो।

प्रतिष्ठानको आजीवन सदस्यमा माधवप्रसाद घिमिरे, डा. चूडामणि बन्धु, तुलसी दिवस, डा. तीर्थबहादुर श्रेष्ठ, बालकृष्ण पोखरेल, श्यामदास वैष्णव, सत्यमोहन जोशी, ढुण्डीराज भण्डारी, शशी शाह, डा. योगेन्द्रप्रसाद यादव, मदनमणि दीक्षित, वैरागी काइँला, ज्ञानमणि नेपाल, उत्तम नेपाली, अशेष मल्ल, डा. तुलसीप्रसाद भट्टराई, तोया गुरुङ, पूर्ण विराम (बलराम भट्टराई) लगायत रहेका छन्।

प्रकाशित: ३० श्रावण २०७५ ०१:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App