८ वैशाख २०८१ शनिबार
समाज

इन्जिनियर्स एशोसिएशनमा लोकतान्त्रिक प्यानलको उम्मेदवारी घोषणा

लाेकतान्त्रिक समूहको उम्मेदवार टोली।

काठमाडौं— नेपाल इन्जिनियर्स एशोसिएशनको आसन्न निर्वाचनको लागि लोकतान्त्रिक समूहले मंगलबार उम्मेदवारी घोषणा गरेको छ। लोकतान्त्रिक समूहले अध्यक्षमा हरेराम श्रेष्ठलाई अघि सारेको छ। उपाध्यक्ष, महासचिव, उपमहासचिव तथा कोषाध्यक्ष प्रत्यासीमा क्रमशः उमाशंकर साह, उमेशरप्रसाद थानी, रविभुषण झा तथा सुसन वैद्य रहेका छन्।

यसैगरी सदस्य प्रत्यासीहरुमा नन्दकुमार झा, अनुप गौतम, अशोकराज गौतम, होमनाथ पोखरेल, तपेन्द्रबहादुर खड्का, श्याम विक्रम खाँड, अरुणकुमार सिम्खडा, सञ्जय अधिकारी, सरोज धिताल तथा रोवर्ट खनाल छन्।

‘नेपालमा भएका महत्वपूर्ण विकास आयोजनाहरुको अध्ययन प्रतिवेदन तथा आयोजनाहरुसँग सम्बन्धित विवरणको अभिलेख राख्ने सेन्टर अहिलेको आवश्यकता हो’, उनले भने, ‘इन्जिनियरहरुको पेशागत क्षमता अभिवृद्धि तथा इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्नु अहिलेको आवश्यकता हो।’

एशोसिएशनबाट इन्जिनियरिङ परिषदमा प्रतिनिधित्व गर्ने पाँच जना सदस्यका लागि पनि लोकतान्त्रिक समूहले उम्मेदवारी घोषणा गरेको छ। श्रीराम न्यौपाने, शैलिता मानन्धर जोशी, सुरेन्द्र श्रेष्ठ , रोशनकुमार देव तथा कृष्णदेव झा परिषद सदस्यका लागि प्रत्यासी छन्।

अध्यक्षका प्रत्यासी हेरारम श्रेष्ठले इन्जिनियरिङ रिर्सोस सेन्टरको स्थापना आफ्नो प्राथमिकता भएको जनाए। ‘नेपालमा भएका महत्वपूर्ण विकास आयोजनाहरुको अध्ययन प्रतिवेदन तथा आयोजनाहरुसँग सम्बन्धित विवरणको अभिलेख राख्ने सेन्टर अहिलेको आवश्यकता हो’, उनले भने, ‘इन्जिनियरहरुको पेशागत क्षमता अभिवृद्धि तथा इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्नु अहिलेको आवश्यकता हो।’

अध्यक्ष प्रत्सायी श्रेष्ठ सस्टेनेबल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट फाउन्डेसनका कार्यकारी निर्देशक हुन्। एशाेसिएशनको पूर्व उपाध्यक्ष रहिसकेका उनी नेपाल इन्जिनियर्स एशोसिएशनको प्रवर्धनमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय छन्।

'सरकार र सराेकारवालाहरुबाट इन्जिनियर साथीहरुका समस्या समाधान गर्न मेरो भूमिका पुलको रुपमा हुनेछ। पीडित साथीहरुलाई न्याय दिलाउन र क्षमता अभिवृद्धिलाई मैले विशेष ध्यान दिनेछु', उनले भने।

लोकतान्त्रिक टोलीमा अनुभवी व्यवसायिक इन्जिनियरदेखि युवा समेत एकै ठाउँमा परेका छन्। युवा पुस्ताको समस्या र आवाज बुलन्द पार्न आफूले उम्मेदवारी दिएको सरोज धितालले बताए। ‘वर्षैपिच्छे निजी कलेजहरुले लगभग ४५ सय इन्जिनियर उत्पादन गरिरहेका छन्।  तिनको अवस्था राम्रो छैन। ती पुस्ताका समस्या उठाउन मेरो उम्मेदवारी हो’, उनले भने।

इन्जिनियर एशोसिएशनमा कांग्रेस, एमाले, माओवादी, नयाँ शक्ति सहित पाँच समूहका उम्मेदवार मैदानमा छन्। करिब २० हजार रजिष्ट्रर इन्जिनियर भए पनि चुनाबमा करिब १२ हजारले मात्र मतदान गर्न पाउनेछन्। सदस्यता नवीकरण नगर्नेले चुनाबमा सहभागी हुन नपाउने निर्वाचन समितिले जनाएको छ।
इन्जिनियरहरुको चुनाब आगामी शुक्रबार बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म प्रज्ञा भवन कमलादीमा हुनेछ।

प्रकाशित: २८ भाद्र २०७३ १४:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App