१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सुटिङ टोली बुधबार जाने

काठमाडौं – इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुदअन्तर्गत सुटिङमा सहभागी हुने ६ सदस्यीय नेपाली टोली बुधबार पालेम्वाङ जाने भएको छ।

अगष्ट १९ र २० तारिखमा पालेम्वाङमा हुने सुटिङमा एक पुरुष र दुई महिला खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन्। 

पुरुषमा सुशे चौधरी तथा महिलामा सुस्मिता नेपाल र कल्पना परियार छन् । खेलाडीत्रयले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछन् । एसियाडमा एमक्युएस (मिनिमम क्वालिफिकेसन स्कोर) अन्तर्गत ६ सय पूर्णाङ्मा ५ सय ७० अंक प्राप्त गरे ओलम्पिकमा सहभागी हुन ‘वाइल्ड कार्ड’ का लागि अप्लाई गर्न सकिने नेपाल सुटिङ संघले जनाएको छ।

प्रशिक्षकमा सकुन्तला श्रेष्ठ, व्यवस्थापकमा ध्रुवबहादुर रायमाझी र जुरीमा सुटिङ मुख्य प्रशिक्षक प्रदीप खाती रहेका छन् । १९८२ पछि नेपालले सुटिङमा सहभागिता जनाउँदै आएको छ। 

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे।

प्रकाशित: ३० श्रावण २०७५ ००:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App