पाकिस्तानसँगको सम्बन्धलाई उच्च महत्व : परराष्ट्रमन्त्री ज्ञवाली

मङ्गलबार, २९ साउन २०७५, २१ : ५४ नागरिक

काठमाडाैं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पाकिस्तान सँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिएको स्पष्ट गर्दै द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ तुल्याउन दुवै देश क्रियाशील रहेका बताएका छन्।

पाकिस्तानको ७१औँ स्वतन्त्रता दिवसका अवसरमा नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्गठनले मंगलबार साँझ राजधानीमा आयोजना गरेको स्वागत समारोहमा उनले नेपाली र पाकिस्तानी जनताको हितमा दुवै देशले निरन्तर काम गरिरहेका बताए। 

द्विपक्षीय आर्थिक साझेदारी र सहकार्यलाई अझ घनिभूत तुल्याउन निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने वास्तविकता औँल्याउँदै उनले व्यापारिक सम्बन्ध बढाउन स्थापना भएका संयन्त्रलाई पुनः जीवन दिनुपर्नेमा जोड दिए। 

उनले भने, “शान्त, स्थिर र समृद्ध दक्षिण एशिया हामी सबैको चाहना हो, साझा मञ्चका रुपमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)ले यो भेगको समृद्धिका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ त्यसैले सार्कलाई पुनः जीवन दिनुपर्छ।” 

सार्कको अध्यक्षका नाताले ऐक्यबद्धता, सहयोग साझेदारीको भावनाअनुसार नेपालले सदस्य देशसँग निकट सम्पर्कमा रहेर काम गरिरहेको पनि मन्त्री ज्ञवालीले बताए। 

पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर जवराले क्रिकेटबाट पाकिस्तानलाई चिनाएका विश्व प्रख्यात खेलाडी इमरान खानको नेतृत्वमा निकट भविष्यमा बन्ने पाकिस्तान सरकार र नेपाल सरकारबीच पारस्परिक सहयोगका क्षेत्रमा सहकार्य हुने विश्वास व्यक्त गर्दै सार्कलाई पुनः जीवन दिनु अहिलेको आवश्यकता रहेकाे बताए। 

नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले क्षेत्रीय सहयोग र विकासका लागि प्रभावकारी एवं सक्रिय भूमिका निर्वाह गर्नुपर्छ भन्ने पक्षमा पाकिस्तान रहेको बताउँदै पाकिस्तान–नेपाल सम्बन्धसँग सम्बन्धित सबै सरकारी संयन्त्रलाई क्रियाशील तुल्याउन आफू प्रतिबद्ध रहेको स्पष्ट गरे। 

सङ्घका अध्यक्ष हिमालयशम्शेर जवराको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र महासचिव मञ्जुरत्न शाक्यले पाकिस्तानी सरकार र जनताको प्रगति एवं समृद्धिको कामना गरे। रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताहरूको भिडियोलाई लुकाउने गरेको भेटियो !

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताहरूको भिडियोलाई लुकाउने गरेको भेटियो !

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताको भिडियो लुकाउने तरिका दीर्घकालीन योजना नभएको दाबी गरेको छ ...

म्याथको हिसाब गर्न क्यामराले फोटो खिचे पुग्ने !

म्याथको हिसाब गर्न क्यामराले फोटो खिचे पुग्ने !

यस एपले प्राथमिक तह, माध्यमिक र उच्च माध्यमिक तहका हिसाबहरूलाई अटोमेटिक समाधान गर्न सक्नेछ ...

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...

बयलबासमा प्रभु बैंक

बयलबासमा प्रभु बैंक

प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...

Ncell Footer Ad