किशोरीमाथि सामूहिक बलात्कार अभियोगमा टेम्पु चालक पक्राउ

मङ्गलबार, २९ साउन २०७५, २१ : ०० महेश्वर चामलिङ राई

उदयपुर– एक अपरिचित यात्रुलाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरमा एक टेम्पु चालक पक्राउ परेका छन्। गाईघाटस्थित बसपार्कबाट त्रियुगा नगरपालिका २ मोथियाहीस्थित घर जाने भनेर टेम्पु चढेकी १७ वर्षीया युवतीलाई बाटोमा बलात्कार गरेर होटलमा ल्याएर सामूहिक बलात्कार गराएको अभियोगमा त्रियुगा नगरपालिका १२ का २६ वर्षीय विकास परियार पक्राउ परेका हुन्। 

स १ ह २१९४ नम्बरको टेम्पु चालक परियारले घर जाने भनेर टेम्पु चढेकी युवतीलाई चौदण्डीगढी नगरपालिका १० हडिया पु¥याएको र त्यहाँबाट फर्केर मोथियाही ल्याउने क्रममा बीच बाटोको जंगल लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए। उनका अनुसार त्यसपछि गाईघाट ल्याएर एक होटलमा राखेर गएको केही घण्टापछि परियारकै २ जना साथी आएर उनलाई सामूहिक बलात्कार गरेको बयान पनि युवतीले दिएकी छिन्। 

सोमबार विहानदेखिको घट्ना साँझ मात्र युवतीका आफन्तले थाहा पाएर प्रहरीमा खबर गरेका थिए। खवर पाएलगत्तै प्रहरीले परियारलाई पक्राउ गरेपनि उनका २ साथी भने फरार रहेकाले खोजी कार्य जारी छ। परियारमाथि मंगलबार ७ दिनको म्याद थपेर थप अनुसन्धान सुरु गरिएको छ। फरार अभियुक्तको खोजी भइरहेको एसपी राईले बताए। 








यसमा तपाईको मत

अन्य समाचार

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...

सिद्धार्थ बैंकको “सरल एसएमइ कर्जा”

सिद्धार्थ बैंकको “सरल एसएमइ कर्जा”

सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा पचहत्तर लाख रुपैया सम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने...

वेत्रावतीमा टिम्स चेकपोस्ट

वेत्रावतीमा टिम्स चेकपोस्ट

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित तथा सुरक्षित बनाउन र पदयात्रामा गएका पर्यटकको तथ्यांक राख्न पदयात्रा...

कुमारी स्मार्ट मोबाइल बैंकिङमा योजना

कुमारी स्मार्ट मोबाइल बैंकिङमा योजना

कुमारी बैंकले नगदरहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न विभिन्न योजना ल्याएको छ । ...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सभा

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सभा

स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

१०औं एफक्यान एक्सिलेन्स अवार्ड सम्पन्न

१०औं एफक्यान एक्सिलेन्स अवार्ड सम्पन्न

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धि सिद्धि सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । ...

दराजमा १२.१२ सेलको पालो

दराजमा १२.१२ सेलको पालो

नेपालको बृहत्तर अनलाइन सपिङ गन्तव्य दराजले दराज १२.१२ घोषणा गरेको छ । ...

Ncell Footer Ad