अब राहदानी तीन दिनमै

मङ्गलबार, २९ साउन २०७५, २० : १९ नागरिक

काठमाडाैं- सरकारले तीन दिन भित्रै राहदानी उपलब्ध गराउने भएको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘राहदानी विधेयक, २०७५’ प्रस्तुत गर्दै अब तीन दिनभित्रै राहदानी उपलब्ध गराउने जानकारी दिएका हुन्।

मन्त्री ज्ञवालीले प्रस्तुत गरेकाे विधेयकलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ। नागरिकलाई सहज रुपमा राहदानी उपलब्ध गराउने उद्देश्यका साथ सरकारले उक्त विधेयक प्रस्तुत गरेको मन्त्री ज्ञवालीको भनाइ छ। 

उनले भने, “अहिले अत्यन्तै आवश्यक भए एक दिनमा नै राहदानी उपलब्ध हुन्छ, अब सामान्य अवस्थामा पनि बढीमा तीन दिनमा राहदानी उपलब्ध गराउन पहल भएको छ, यो व्यवस्था शीघ्र कार्यान्वयनमा आउँछ।” 

प्रस्तुत विधेयकले निर्वाचित जनप्रतिनिधिलाई विभेद नगरेको जानकारी दिँदै मन्त्री ज्ञवालीले कूटनीतिक राहदानी प्रयोग गर्न योग्य सबै व्यक्तिले सहज रुपमा नै पाउने व्यवस्था गरिएको बताए। विदेश जाँदा अध्यागमनबाटै फर्कनुपर्ने, अपमानजन्य व्यवहार भोग्नुपर्ने अवस्था नआओस् भनेर राहदानी पाउने व्यवस्थालाई सरलीकृत गरिएको उनले जानकारी दिए। 

त्यसअघि सांसद भीमसेनदास प्रधान, सञ्जयकुमार गौतम, प्रेम सुवाल, दिव्यमुनि राजभण्डारी, अमरेशकुमार सिंह र भरत शाहले राहदानी पाउने व्यवस्थालाई सरलीकृत र सहजीकरण गर्न सरकारलाई सुझाव दिए। 








यसमा तपाईको मत

अन्य समाचार

भारतमा निर्माण गरिएको आइफोनको बिक्रि सुरु

भारतमा निर्माण गरिएको आइफोनको बिक्रि सुरु

गत वर्ष सार्वजनिक र रिलिज भएको आइफोन टेन आर (XR) अब भारतमा निर्माण हुन थालेको हो । ...

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

Ncell Footer Ad