coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

हुलाकी राजमार्गका लागि भारतद्वारा ४७ करोड रुपैयाँ हस्तान्तरण


काठमाडौं– हुलाकी राजमार्ग निर्माणका लागि भारतले ४७ करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

भारतीय राजदूत मञ्जिव सिंह पुरीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव  मधुसुदन अधिकारीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।
उक्त रकम हुलाकी राजमार्ग आयोजना अन्तर्गतका १४ ओटा निर्माणधीन सडकहरुका लागि आवश्यक प्रदान गरिएको मन्त्रालयले जनाएको छ । यससँगै भारतले आयोजनाका १४ ओटा सडकहरु अन्तर्गत प्याकेज २–६ को पहिलो चरणको निर्माणका लागि २ अर्व ३५ करोड रुपैयाँ हस्तान्तरण गरिसकेको छ। भारतले यसका लागि ८ अर्ब रुपैयाँ अनुदान प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो।

प्याकेज १ अन्तर्गतका धनगढी–भजनीया–सत्ती सडक र लम्की–टिकापुर–खक्रौला सडकको निर्माण कार्य भारतको १ अर्ब २ करोड रुपैयाँ अनुदानमा निर्माण भइसकेको छ।  

 

प्रकाशित: २९ श्रावण २०७५ १३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App