६ वैशाख २०८१ बिहीबार
राजनीति

जलेश्वरका मेयर मिश्र र राजपा महासचिव पाण्डे पनि साधारण तारेखमा रिहा

महोत्तरी– मधेश आन्दोलनको क्रममा हत्या गरिएका सशस्त्र प्रहरीका असई थमन विक घटनाका फरार अभियुक्त जलेश्वर नगरपालिकाको मेयर राम शंकर मिश्र र राष्ट्रिय जनता पार्टी नेपालका महासचिव शुरेश पाण्डेयलाई मंगलबार जिल्ला अदालत महोत्तरीले साधारण तारेखमा रिहा गरेको छ। 

यसअघि सोही मुद्दामा प्रदेश २ का समाजिक विकास राज्यमन्त्री अभिराम शर्भालाई महोत्तरी जिल्ला अदालतले सोमबार बयान र बहसपछि साधारण तारेखमा रिहा गर्ने आदेश गरेको थियो।

राज्यमन्त्री साधारण तारेखमा रिहा भएको भोलिपल्टै नै मंगलबार महोत्तरी जिल्ला अदालतमा हाजिर गराई बयान गरि गराई पाउँ भन्ने निवेदन साथ आफना कानून व्यवसायीमार्फत जलेश्वरका मेयर मिश्र र राजपाका महासचिव पाण्डेयको मंगलबार अदालतमा हाजिर भएका थिए। 

हाजिर भएका दुवै जनासंग मंगलबार नै बयान लिनुका साथै महोत्तरी जिल्ला अदालतका मुख्य न्यायधिश ब्रजेश प्याकुरेलको इजलासमा भएको थुनछेक बहसमा वारदातमा प्रत्यक्ष संलग्नता भएको पुष्टि हुने आधार नदेखिएकाले साधारण तारेखमा रिहा गर्ने आदेश भएको जिल्ला अदालत महोत्तरीका श्रेष्तेदार रामानन्द अधिकारीले बताए।

प्रकाशित: २९ श्रावण २०७५ १३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App