मलेसियामा नेपाली कामदार अापूर्ति गर्न छिट्टै सम्झौता

मङ्गलबार, २९ साउन २०७५, १८ : १९ नागरिक

काठमाडौ–मलेसियाका प्रधानमन्त्री महाथिर महमदले नेपाली कामदार मलेसिया लैजान बंगलादेशका लागि अपनाइएजस्तै प्रणाली अपनाउने बताएका छन्। उनले मलेशियामा श्रमिक आपूर्तिमा सबैदेश सँग एकैखाले पद्धति अपनाउने उनकाे भनाइ छ।

मलेसियाको संसद भवनमा विदेशी कामदार व्यवस्थापन बारेको बैठकमा बोल्दै नेपाली कामदार आपूर्तिमा हाल बंगलादेशबाट गरिएजस्तै प्रणाली लागूहुने प्रधानमन्त्री महाथिरले प्रस्ट पारेका हुन्। उनले भनेका छन्,‘सबै देशका कामदार आपूर्ति गर्न एकैखाले प्रणाली अपनाइनेछ। यसका लागि मलेसिया सरकारले एक स्वायत्त आयोग गठन गर्नेछ।’
 मलेसियाका मानव संसाधन मन्त्री महम्मद कुलासेगरनले यसका लागि नेपाल र मलेसिया सरकारबीच(जीटुजी)सम्झौता गर्न तयार रहेको बताएका छन्। यो विषयमा शैदान्तिक सहमति भइसकेको र त्यहाँको मन्त्रीपरिषदले पारित गरेपछि सहमतिमा हस्तक्षर हुने उनको भनाइ छ। 
बैठकमा मानव संसाधन मन्त्री कुलासेगरनले कामदार आपूर्तिमा भूमिका निभाइरहेको प्राविधिक कम्पनी बेस्टिनेटलाइ निलम्बन गरिएको पनि जानकारी गराएका थिए।

बेस्टिनेटले कामदार आपूर्तिमा बायोमेडिकल चेकअपमा एकाधिकार कायम गरी श्रमिकमाथि शोषण गरेको आरोप लागेको थियो।उक्त कम्पनीले मलेसिया पुग्ने नेपाली कामदारबाट साढे १८ करोड रिंगेट सोषण गरेको पनि आरोप छ। बेस्टिनेटले विदेशी कामदारको एकिकृत व्यवस्थापन प्रणाली(एफडब्लुसिएमएस) मार्फत सम्पत्ति शुद्धिकरणका गतिविधि गरेको आशंका पनि त्यहाँका सञ्चारमाध्यमले गरेका छन्।
नेपाली श्रमिक मलेसिया जानेक्रममा अत्यधिक शोषण भएको भन्दै नेपालले हाल कामदार पठाउन रोकेको छ। कामदार आपूर्ति व्यवस्थित र सूचारू गर्न नेपाल र मलेशसिया सरकारबीच छलफल भइरहेको छ।  






यसमा तपाईको मत

अन्य समाचार

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट...

ओपो र बार्सिलोनाद्वारा पार्टनरशिप नविकरण

ओपो र बार्सिलोनाद्वारा पार्टनरशिप नविकरण

यसै खुशियालीमा कम्पनीले लिमिटेड ईडिसन एफसी बार्सिलोना रेनो १०एक्स जुम सिरिजपनि बार्सिलोनामा सार्वजनिक गरेको छ। ...

सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बीमा कम्पनी समावेश

सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बीमा कम्पनी समावेश

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी टेड्रिङ प्रा. लि तथा एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स को (नेपाल) र...

आइफोन ( iPhone ) मा i को अर्थ के ?

आइफोन ( iPhone ) मा i को अर्थ के ?

एप्पलले i अक्षरको प्रयोग सन् १९९८ मा रिलिज भएको iMac ( आइम्याक ) मा प्रयोग गरेको थियो ...

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad