७ वैशाख २०८१ शुक्रबार
राजनीति

महिला संघमा देउवा पक्षबाट अध्यक्षको उम्मेदवार रेग्मी

काठमाडौं –नेपाली कांग्रेसका भगीनी संगठन नेपाल महिला संघको नयाँ नेतृत्वका लागि गुटगत आधारमा प्रतिष्पर्धा हुने भएको छ। झन्डै दश वर्षपछि बुधबारबाट काठमाडौंमा सुरु हुन लागेको संघको तेस्रो महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडल पक्षबीच प्रतिष्पर्धा हुने निश्चित भएको हो।

सभापति देउवातर्फबाट उमा रेग्मी र नेता पौडेल पक्षबाट मीना पाण्डे मैदान उत्रिने भएका छन्। १३औं महाधिवेशनपछि तेस्रो धारको रुपमा उदाएको कृष्णप्रसाद सिटौला पक्षले धना खतिवडाको नामअघि सारेको छ । तर, खतिवडाले कुन पदमा उम्मेदवारी दिने खुलाएका छैनन्।

प्रकाशित: २८ भाद्र २०७३ १२:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App