७ वैशाख २०८१ शुक्रबार
समाज

विद्यालयको पानी ट्यांकीमा विष, २६ विद्यार्थी बिरामी, चार गम्भीर

विराटनगर – विष मिसिएको पानी पिउँदा मोरङको लेटाङ–९ जाँते  स्थित  श्री माध्यामिक विद्यालयका २६ जना विद्यार्थी बिरामी परेका छन्।  बिरामीमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। 

गम्भीर बिरामी भएका ४ जना विद्यार्थीको विराटनगर स्थित नोवेल मेडिकल कलेजमा उपचार भइरहेको छ।  अन्य विद्यार्थीको उर्लाबारी स्थित मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख मनोज केसीका अनुसार विद्यालयको ट्यांकीमा विष हालेको विषयमा प्रहरीले अनुसन्धान थालेको छ। अनुसन्धानका क्रममा खानेपानीको ट्यांकीमा साइपेरिन १० नामक किटनाशक औषधि फेला परेको छ।

विद्यालय परिषरमा सिमेन्टबाट निर्माण गरिएको पानी ट्यांकी रहेको र ट्यांकीको मुख खुल्लै राखिने गरिएको थियो। पानी ट्यांकीमा सजिलै मानिस चढ्न सक्ने भएकाले विषाधि हाल्न संम्भव भएको प्रहरीले जनाएको छ। मंगलबार विद्यालय आएका विद्यार्थीहरूले विद्यालय परिषरको  ट्यांकीको  पानी पिउँदा बिरामी परेका हुन्।

बिहान ११ बजे विद्यार्थीले सो ट्याङकीको पानी पिउने क्रममा गन्ध आएपछि शिक्षकलाई खबर गरेका थिए। विद्यालयमा कक्षा १ देखि १२ सम्मका कक्षाहरू सञ्चालन हु“दै आएका छन्। 

प्रकाशित: २९ श्रावण २०७५ ११:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App