coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

संरक्षण र प्रचारको पर्खाइमा ‘बिवाङ दह’ (फोटो फिचर)

बिवाङ दह ।    तस्बिरः नागरिक

रोल्पा – रोल्पाको दुर्गम गाउँ गाममा रहेको ‘बिवाङ दह’ संरक्षण र प्रचार प्रसारको अभावमा पर्यटक बिहीन बनेको छ।

उत्तरमा बाग्लुङ, रुकुम र पूर्वमा प्युठानको सिमानासँग जोडिएको सुनछहरी गाउँपालिका २ भित्री गाममा रहेको बिवाङ दह रमणीयसँगै धार्मिक महत्व पनि बोकेको ठाउँ हो। यसले ऐतिहासिक, धार्मिक र पर्यटकिय सम्भावना बोकेको छ।

पहाड फेदीमा यहाँ रहेको थानमा ‐मन्दिर) आएर पुजागरेमा मागेको पाइन्छ भन्ने जनविश्वास रहेको छ। यो ठाउँमा फोहर गरेमा बिरामी हुने विश्वासका कारण सधै सफा रहन्छ। ‘बिवाङ दह’ आसपास बिगतको माओवादी द्वन्द्वका समय गाई काटेर खाएपछि जनसेनाहरू बिरामी पर्न थालेपछि ठाउँ सारेर गएको स्थानीयहरू बताउछन।

रोल्पा सदरमुकाम देखि करिब ३२ कोष टाढाको ‘बिवाङ दह’मा आन्तरिक पर्यटक समेत भित्र्याउन नसकिएपछि अहिले स्थानीयले प्रचार प्रसारमा जोड दिन थालेका छन। ‘रोल्पाका सबै वडामा मोटर बाटो पुगे पनि यो वडामा अझै सडक पुग्न सकेको छैन। बिकट भएकाले पनि यति राम्रो ठाउँ हुँदा हुँदैपनि बिवाङ दह ओझेलमा परेको छ।’

स्थानीय देउसिंह घर्तीले भने। प्रशस्त रेडपाण्डा पाइने यो क्षेत्रलाई रेडपाण्डा संरक्षण क्षेत्रको रुपमा विकास गर्न सकिने देखिन्छ। आलु खेतिको प्रयाप्त सम्भावना रहेको ‘बिवाङ दह’ वरपर हिउँदमा हिउँले ढाक्ने गर्दछ। सबै तिरबाट उपेक्षित भएपछि स्थानीय युवाहरूले जनैपूर्णिमाको अवसर पारेर भाद्र १० गतेदेखि १५ गते सम्म विभिन्न कार्यक्रमहरू समेत गर्ने तयारी गरिरहेका छन्।

‘महोत्सव नै लगाउन नसकेपनि सबै सरोकारवाला, पत्रकारलाई निम्तो गरेर विविध कार्यक्रमको आयोजनाको तयारीमा छौ।’ स्थानीय देउसिंह घर्तीले भने।

बिवाङ दह ।    तस्बिरः नागरिक
बिवाङ दह ।    तस्बिरः नागरिक
बिवाङ दह ।    तस्बिरः नागरिक
बिवाङ दह ।    तस्बिरः नागरिक
बिवाङ दह ।    तस्बिरः नागरिक
बिवाङ दह ।    तस्बिरः नागरिक
खुशी 0%
दुखी 100%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App