७ वैशाख २०८१ शुक्रबार
अन्तर्वार्ता

हामीलाई अपराधी करार गर्न खोजियोः डा. मुक्तिराम श्रेष्ठ

नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले सरकारले चिकित्सकहरुलाई अपराधीकरण गर्नेगरी कानुन बनाउन लागेकाले आफूहरु आन्दोलित बन्नु परेको बताएका छन्। चिकित्सकले अपराध गरे कारबाही हुनुपर्छ भन्नेमा आफूहरु सहमत भए पनि सुरुमै अपराधीलाई जस्तै व्यवहार राज्यले नगरोस् भनेर आफूहरुले सो ऐन संशोधनको माग राखेको श्रेष्ठले बताए।

उपचारका क्रममा कहिलेकाँही विरामीको ज्यान जानु सामान्य कुरा रहेको भन्दै अध्यक्ष श्रेष्ठले विरामीका आफन्तले चिकित्सकको बद्नीयत वा लापरबाहीले ज्यान गएको आरोप लगाएर मुद्दामामिला गर्न सक्ने, यसै कारण चिकित्सकहरु अपराधी बन्नुपर्ने अवस्था आउने भएकाले आफूहरुले तत्काल सो संहिता संशोधनका माग गरेको बताए।

अध्यक्ष श्रेष्ठले उपचारका क्रममा बद्नीयतपूर्ण रुपमा ज्यान लिने चिकित्सकलाई संरक्षण गर्ने कुरामा आफूहरु नरहेकोसमेत स्पष्ट पारे। उनले यो विषयलाई फौजदारी कानूनमा नभई देवानी कानुनमा राख्न सुझाव दिए।

नेपाल चिकित्सक संघले मुलुकी अपराध (संहिता) ऐन २०७४ संशोधन गर्न माग गर्दै संशोधन नगरे भदौ १ देखि एप्रोन र लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाउने र विरामी नचाँच्ने चेतावनी दिएको छ।

रेडियो नागरिकको नियमित कार्यक्रम नागरिक मञ्चमा डा. श्रेष्ठसँग रविन्द्र सुवेदीले गरेको कुराकानी सुन्न तलको लिंकमा क्लिक गर्नुहोस्।

प्रकाशित: २९ श्रावण २०७५ १०:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App