coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्वास्थ्यमन्त्री थापाले जब छोरी कान्ति भर्ना गरेको सम्झिए (भिडियो)

अस्पताल पदाधिकारीलाई निर्देशन दिँदै स्वास्थ्यमन्त्री गगनकुमार थापा (बीच)। तस्विरः प्रविन कोइराला

काठमाडौं—स्वास्थ्यमन्त्री गगनकुमार थापा मंगलबार बिहान कान्ति बाल अस्पताल पुगे। अस्पतालका पदाधिकारी एवं चिकित्सकहरु मन्त्री आउने खबरले सजग अवस्थामा थिए।

बिहान साढे १०:३० बजेतिर मन्त्री थापा अस्पताल पुग्दा उनलाई स्वागत गर्ने औपचारिकता भयो। त्यसपछि उनले सिधै बिरामी रहने कक्ष हेर्न चाहे। देशको एक मात्र सरकरी बाल अस्पतालमा बिरामी खचाखच थिए।

मन्त्री थापाले आस्पातल को सरसफाईलाई उच्च प्राथमिकता दिन निर्देशन दिए।  'अस्पतालको सरसफाइ अत्यन्तै सम्वेदनशील कुरा हो। म अनुरोध गर्छु आफ्नो अस्पताललाई सफा राख्नुहोस्।'

एक बालक बेडमा सुतिरहेका थिए। एक हुल मान्छे आएको देखेर उनी उठे। चिकित्सकले उनकै बारेमा मन्त्रीलाई ब्रिफिङ गर्न थाले। 'आउँदै जाँदै गर्दा तीन वर्ष जति लाग्छ निको हुन', गोविन्द रामको समस्या देखाउँदै डाक्टरले मन्त्री थापालाई सुनाए।

'निको हुन्छ रे है', थापाले बच्चालाई आश्वस्त पार्न खोजे। गोविन्दको अनुहारमा आत्मविश्वास झल्कियो।

अस्पतालको अवलोकनपछि मन्त्री थापाले अस्पताल पदाधिकारीसँग छलफल सुरु गरे। उनले सुरुमै भने, 'मैले धेरै पटक यहाँको सेवा लिएको छु। चार दिनसम्म मेरी छोरी हस्पिटलाइज हुँदा म यहाँ सेवाग्राही भएर आएको थिएँ।' कान्तिबाल अस्पतालमा जनताका छोराछोरीले उत्कृष्ट सेवा पाउन सक्छ भन्नेमा आफू विश्ववस्त भएको उनले सुनाए।

'यहाँको सेवा र यहाँका समर्पित साथीहरुको बारेमा मलाई थाहा छ। संसारले दिइरहेको उपचार हाम्रा बालबालिकाले पाउनुपर्छ। यसमा कुनै समस्या भए सिधै मलाई भन्नुहोस्', उनले थपे।

'यहाँको सेवा र यहाँका समर्पित साथीहरुको बारेमा मलाई थाहा छ। संसारले दिइरहेको उपचार हाम्रा बालबालिकाले पाउनुपर्छ। यसमा कुनै समस्या भए सिधै मलाई भन्नुहोस्', उनले थपे।

मन्त्रालयका कारण वा अन्य कुनै निकायको निर्णयका कारण सेवा प्रभावित भएको भए आफूलाई तत्काल जानकारी दिन उनले आग्रह गरे। 'कुनै निर्णयहरु मन्त्रालयमा आएर अड्किएका हुनसक्लान्। हामीले हाम्रो निर्णय गर्दा यहाँ सेवामा असर परिरहेको हुनसक्छ। त्यस्तो छ भने निर्धक्क भन्नुहोस्। यो यो कुरा भएमा सेवा स्मुथ हुनसक्छ भनेर विस्तृतमा लेखेर दिनुहोस्', उनले भने।

चिकित्सकको कर्तव्य विरामीलाई तत्काल सेवा पुर्‍याउनु रहेको उल्लेख गर्दै उनले भने, मेरो आग्रह छ संघीयतामा जानुपर्नेछ। हामीले यहाँ सुधार गर्नुपर्ने कामहरु पनि छन्। तर बिरामीले सेवाका पर्खिन सक्दैन। सेवा चुस्त पार्नुहोस्।'

आइसियु र इमर्जेन्सी सेवालाई चुस्त पार्न उनले निर्देशन दिए। 'सर्वप्रथम सेवाको प्रतिबद्धता हुनुपर्छ। हामीले इसीयुलाई एकदम उच्च प्रथमिकता दिएर अघि बढाएका छौं। यसका लागि साधन स्रोत कमी भएको भए मन्त्रालयबाट तत्काल आउनेछ। हामी सहयोग गर्न तयार छौं', उनले भने। १०० दिनभित्र इमर्जेन्सी वार्ड व्यवस्थापन गर्न उनले अस्पताल व्यवस्थापनलाई निर्देशन दिए। 'अबको १०० दिन भित्र ईमर्जेन्सी म्यानेजमेन्ट भएको देख्न पाउनुपर्छ। यसमा के सहयोग गर्नुपर्छ हामीहरु हामी तयार छौं', उनले भने।

मन्त्री थापाले आस्पातल को सरसफाईलाई उच्च प्राथमिकता दिन निर्देशन दिए।  'अस्पतालको सरसफाइ अत्यन्तै सम्वेदनशील कुरा हो। म अनुरोध गर्छु आफ्नो अस्पताललाई सफा राख्नुहोस्।'

अस्पतालको काममा अनियमितता नहुने अपेक्षा उनले गरे। 'एउटा अनियमिता पनि हुनेछैन भन्ने मेरो आशा छ। कसैले अनियमितता गरेको छ भने सिधै मलाई रिपोर्ट गर्नुहोस्', उनले भने।

भिडियो

भिडियोः प्रबिन कोइराला

प्रकाशित: २८ भाद्र २०७३ १२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App