coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एक महिनामै उप्कियो कालोपत्रे

दैलेख– नारायण नगरपालिका दैलेखले अघिल्लो आर्थिक वर्षमा ठेक्का प्रकृयाद्धारा पुरानो बजारमा महिनादिन अघि गरिएको कालोपत्रे (पीच) उप्किएको छ। सडक सडक बोर्ड नेपाल र नारायण नगरपालिकाको साझेदारीमा गरिएको पिच गुणस्तरहिन हुदाँ उप्किएको हो।

आर जे कन्ट्रक्सन दैलेखले ठेक्का लिएको उक्त पीच असार १५ गते गरिएको हो। स्थानीयहरुले पीच राम्रो नभएको भन्दै विरोध समेत गरेका छन्। पीच उप्किन थालेपछि स्थानीयहरुले गुणस्तरको काम नभएको भन्दै विरोध गरे पनि नगरपालिकाले सुनुवाई नगरेको उनीहरुको आरोप छ।

गुणस्तरीय काम भएको भन्दै स्थानीयहरुले खाल्डा पुरेर विरोध गरेका हुन्। नगरपालिकाले टेन्डर मार्फत ५६ लाख ६२ हजार गरेको थियो घटीघटाउमा कवोल अंक ४१ लाख ५० हजारमा ठेक्का दिईएको नारायण नगरपालिकाले जनाएको छ। ठेक्कामा पीच, पिसिसि र नालाका काम रहेको जनाईएको छ। यो ठेक्काको भुक्तानी नभएको नगरपालिका योजना शाखाले जनाएको छ। भुक्तानीका लागि सवै प्रकृया पुरा गरेर सडक वोर्ड नेपालमा पठाएको जनाईएको छ। नगरपालिकाका प्राविधिकका अनुसार साहारे खानेपानी आयोजना निर्माणमा कच्चि जमिन भएकाले त्यही पीच उक्केको बताएका छन्। पीच उक्केको बारे नगरपालिकाले अनुगमन गर्ने प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतले बताए। कमजोर सडक भएकाले पिच दवेकाले उक्किएको हुनसक्ने निर्माण कम्पनीले जनाएको छ।

प्रकाशित: २९ श्रावण २०७५ ०८:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App