७ वैशाख २०८१ शुक्रबार
कला

विद्यार्थीलाई सचेत गराउँदै मिस नेपाल अर्थ

काठमाडौं– मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देलले विद्यार्थीलाई सचेतना गराउन थालेकी छिन्। सोमबार शंखमुलस्थित अवेरनेस इन्टरनेसनल एकेडमीका विद्यार्थीलाई उनले वातावरण संरक्षणबारे जानकारी गराइन। नारी सशक्तिकरण र नेतृत्व विकासका लागि उनले टिप्स पनि दिइन। सिग्देलले विद्यालयको वातावरण क्लबलार्इ अझै क्रियाशील बन्न आग्रह गर्दै आफू सहकार्य गर्न इच्छुक रहेको बताइन।

क्लबकी अध्यक्ष दिलाशा सिंह ठकुरीले भनिन्, ‘प्रिया दिदीको आत्मबिश्वास, र तर्क शैलीबाट हामीहरु एकदमै प्रभावित भयौं।’ अर्की छात्रा आंचल पन्थीले सिग्देलसँगको साक्षात्कारबाट आफूलाई धेरै कुराको प्रेरणा मिलेको बताइन। 

छात्र अनुज पौड्यालको स्वागत मन्तव्य र बिद्यालयको पूर्व विद्यार्थी समाजका अध्यक्ष समुन्द्र तिमल्सिनाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रिन्सिपल विष्णु प्रसाद अर्यालले मिस नेपाल अर्थ सिग्देललाई मायाको चिनो प्रदान गरेका थिए।

प्रकाशित: २९ श्रावण २०७५ ०८:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App