coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विप्लवको बन्दले कालिकोटको जनजीवन प्रभावित

बन्दका कारण कालिकोटको हुल्ममा रोकिएका गाडीहरु ।

कालिकोट– खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) को गृहजिल्ला कालिकोटमा बन्दको प्रभाव परेको छ। पूर्वमन्त्री समेत रहेका विकको रिहाईको माग गर्दै नेकपाका कार्यकर्ताले सोमवार पत्रकार सम्मेलन गरेर बन्दको आह्वान गरेका थिए। 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण मंगलबार बिहानैदेखि कर्णालीको जनजीवन प्रभावित भएको छ। 

बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधनहरु सञ्चालन हुन सकेका छैनन्। यहाँका शिक्षण संस्था, बजार, पसल कम मात्रामा सञ्चालनमा आएका छन्। बन्दका कारण कर्णाली राजमार्गमा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। बन्दको प्रभाव कालिकोटमात्र नभइ कर्णाली प्रदेशका सबै जिल्लामा परेको छ। 

प्रवक्ता विश्वकर्मालाई पक्राउ गरी झुठा मुद्दा लगाएको र हालसम्म देशभरबाट पक्राउ परेका सबै नेता कार्यकर्ताको विना शर्त रिहाइको माग गर्दै नेपाल बन्द आह्वान गरेको हो। प्रहरीले जिल्ला सदरमुकाम मान्ममा कडाइका साथ निगरानी गरेको छ। 

प्रकाशित: २९ श्रावण २०७५ ०७:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App