८ वैशाख २०८१ शनिबार
समाज

पाकिस्तानको ७१ औँ स्वतन्त्रता दिवसमा झण्डोत्तोलन

काठमाडौं- पाकिस्तानको ७१ औँ स्वतन्त्रता दिवसका अवसरमा महारजगञ्ज स्थित पाकिस्तान राजदूतावासमा झण्डोत्तोलन गरिएको छ। समारोहमा नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले पाकिस्तानका राष्ट्रपति ममुन हुसेन र प्रधानमन्त्रीले स्वतन्त्रता दिवसका अवसरमा दिएको शुभकामना सन्देश बाचन गरे।

समारोहमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव अमजद हुसैन बी सियाललगायत कामको सिलसिलामा काठमाडौँमा रहेका पाकिस्तानी नागरिक तथा पाकिस्तानी दूतावासमा कार्यरत कर्मचारीका परिवारको उपस्थिति रहेको थियो। 
 

 

प्रकाशित: २९ श्रावण २०७५ ०६:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App