छुरा प्रहार गरी महिलाको हत्या, शव गोप्य रुपमा जलाइयो

मङ्गलबार, २८ भदौ २०७३, १८ : ०४ रितेश त्रिपाठी

वीरगन्ज– १९ दिनअगाडी आफ्नै जेठाजुले छुरा प्रहार गरी घाइते बनाइएकी महिलाको मृत्यु भएपछि घर परिवारका सदस्यले प्रहरीलाई खबरै नगरी गोप्य रुपमा शव जलाएका छन्। पर्सा जिल्लाको बस्डिल्वा गाविस –६ बस्ने ४० वर्षकी चुनिया भनिने मुनिया देवीलाई आफ्नै जेठाजुले जग्गासम्बन्धी बिवादका क्रममा आँगनमै छुरा प्रहार गरेका थिए। यता सोमबार साँझ घाइते महिलाको मुत्यु भएपछि घर परिवारकाले राति नै लास जलाएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए।

‘आरोपी जेठाजुलाई हामीले नियन्त्रणमा लिइसकेका छौं, मुद्दा अगाडी बढाउन भने थोरै कठिनाई भइरहेको छ,’ श्रेष्ठले भने, ‘मृतकका श्रीमान वा घर परिवारका कोहीले जाहेरी दिन मानेका छैनन्, घाइते भएर आएको बेला पनि उनीहरुले जाहेरी दिएनन्।’

भदौ ९ गते साँझ ५ बजे छुरा प्रहरा भएपछि ठाडो उजुरी दिएकी महिलाले पछि पारिवारिक दबावमा जाहेरी दिन मानेकी थिएनन्।

उपचार गराउन लैजाने भनेर प्रहरीले बोलाएको बखत उपस्थित हुने शर्तमा गएका पीडित महिला र आरोपी जेठाजु पुनः जिल्ला प्रहरीको सम्पर्कमा आएका थिएनन्। महिलाको मृत्यु भएर राति नै दाहसंस्कार समेत भइसकेको मंगलबार बिहान प्रहरीले जानकारी पाएको थियो।

‘मुद्दा चल्छ, तर जाहेरी नआएको अवस्था हो, प्रहरी अनुसन्धानको आधारमा अब मुद्दा चलाइने भएको छ,’ श्रेष्ठले भने, ‘आरोपी भनेको पेसेवर अपराधी होइन्, तर उसबाट भएको कसुर कर्तब्य ज्यानको मुद्दामा पर्न जान्छ।’ उनले एक जना प्रहरी निरीक्षकको कमाण्डमा अनुसन्धान अगाडि बढाइएको बताए।

 








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad