दीर्घजीवी मानवको सम्भाव्यता

मङ्गलबार, २९ साउन २०७५, ११ : २५ डा. सुभाष पोखरेल

विज्ञानलेसपना सार्थक बनाउँछ । चराझैँ उड्ने चाहनाले हवाईजहाज आविष्कार भयो । अन्तरग्रह यात्राको सपनाले रकेट बन्यो । चन्द्रमामा मानव अवतरण र मंगलग्रहमा बस्ती बसाउने अभियानको सुरुआत मानव मस्तिष्कमा आएको सोचको परिणाम नै हो । सपना र तद्अनुरूपको कार्ययोजनाका कारण नै अहिलेको आधुनिकताले मूर्त रूप पायो । मानव कल्पना असीमित रहेकाले भौतिक विकासको निरन्तरतास्वीकारिन्छ । विकासको अन्त्य कहाँ भन्ने प्रश्नको जवाफ कठिन बन्छ । पूर्वीय दर्शनका चामत्कारिक कथालाई पश्चिमा वैज्ञानिकहरूले यथार्थमा ल्याए भन्ने समूह सानो छैन । संस्कृतको जन्मभूमि भारतखण्ड रहँदासमेत जर्मनीमा संसारको सबैभन्दा ठूलो संस्कृत विश्वविद्यालय हुनु संयोग हुन सक्दैन । पूर्वीय दर्शनले देखाएको सपनालाई कार्यदिशामा उतार्दा बृहद् प्रगति गर्न सकिने तानाशाह हिटलरले बुझेको देखियो । चिताएको व्यक्तिको शीर छेदन गर्ने सुदर्शन चक्रको आधुनिक स्वरूपमा क्रुज मिसाइल जन्म्यो । महाभारत युद्धका धृतराष्ट–सञ्जय संवादको कल्पनाले टेलिभिजन तथा इन्टरनेटको आविष्कार भयो भन्दा अन्यथा नहोला।

मेडिकल साइन्स र औषधि विज्ञानको अन्तिम अध्याय हो अजम्मरी मानव र अमृत आविष्कार । मरेका सैन्यलाई अमृतको पोखरीमा चोबलेर जीवित बनाएका घटना स्वस्थानी महात्म्यमा पढिन्छ । कहिल्यै मृत्यु नहुने अष्ट चिरञ्जीवीको अध्ययनले के मानिस अजम्वरी बन्न सक्छ त भन्ने कौतुहलता हुनु अन्यथा भएन । महादेवले हात्तीको टाउकोलाई गणेशको शिरमा जोडेकाले कस्मेटिक सर्जरीको आविस्कार भारतखण्डमा भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दाबीको बेग्लै स्थान होला । पश्चिमा आविष्कार र पूर्वीय धर्मग्रन्थबीच अन्तरसम्बन्ध रहे/नरहेको एकिन नभए पनि विज्ञानको आविष्कारमा कल्पनाको ठूलो स्थान देखियो।

महामारीको रूपमा रहने ब्याक्टेरिया तथा भाइरस नियन्त्रणमा विज्ञानले ठूलो सफलता हासिल गरेको वर्तमान अवस्थामा आगामी शताब्दीमा मानिसको उमेर २–४ सय वर्ष नहोला भन्न सकिन्न।

मरिसकेको मानिसलाई अमृत छर्कँदा पुनर्जीवित हुन्छ भन्ने पूर्वीय दर्शनका लिखतलाई आधुनिक विज्ञानले स्वीकार गर्न सक्ने अवस्था रहेन । मरिसकेको शरीरमा सास भर्न सकिने कुराको सामान्य लक्षणसमेतआविष्कार भएका केमिकलले देखाउनसकेन भन्दैमा भविष्यमा अमृत आविष्कार गर्नै सकिन्न भन्नु काँचो अभिव्यक्ति हुन सक्छ । मेडिकल साइन्सका अनुसन्धानहरू अमृत आविष्कारको चरणभन्दा धेरै टाडा रहँदा पूर्वसंकेत कहाँ देखिन्छ र ?साइन्समा कल्पनाको कुनै स्थान नहुने बरु तथ्यमात्र बिक्ने भएकाले अमृतको अस्तित्व स्वीकार गर्न असमर्थ रह्यो औषधि विज्ञान ।तर, सालाखाला उमेरलाई निकै उचाली मानवलाई अजम्वरी बनाउने दिशामा भने मेडिकल साइन्सका प्रगतिनिकै सकारात्मक देखिए।

महामारीका रूपमा देखिने रोगहरू नियन्त्रण गर्न र बालमृत्यु दर घटाउन सफल हुनेबित्तिकै संसारभर नै मानिसको औसत आयु ह्वात्तै बढ्यो । सन् १९६४ मा औषत ४० वर्ष पनि नबाँच्ने नेपाली अहिले ७० वर्षभन्दा बढी बाँच्छन् । स्वास्थ्य सुविधा तथा खानपिनको उचित प्रबन्ध भएको ठाउँका बासिन्दा बढी बाँच्नु अस्वाभाविक रहेन । अहिलेको ग्लोबल तथ्यांक हेर्दा ८० देखि ८४ वर्षको उमेरसम्मका मानिसले स्तरीय जीवन बिताएको देखियो । अर्कालाई बोझ नहुने गरी मानिसलाई दीर्घजीवी कसरी बनाउने भन्ने बिषयमा सरकारी तथा गैरसरकारी दुवै क्षेत्रबाट प्रत्यक्ष लगानी भएको देखियो । संयुक्त राज्य अमेरिकामा सरकारी स्तरमा अनुसन्धानका लागि ‘न्यासनल इन्स्टिच्युट अफ एजिङ’ स्थापना ग-यो भने सिलिकल भ्यालीका गुगल, पेप्याल तथा ओरेकल जस्ता सफलतम कम्पनीले मानिसलाई दीर्घजीवी बनाउन अनुसन्धानात्मक लगानी गरे । भरिसक्योबढ्दो उमेरका कारण लाग्ने रोग निर्मूल पार्ने कदाचित त्यसो गर्न नसकिए मानिसको उमेर निकै माथि धकेल्ने अभियानमा संसारको ध्यान गयो । मृत्युवरण गर्नुपर्ने उमेर पर ठेल्ने चाहना कसको हुँदैन र ? सन् १९७० मा एयर क्यालिफोर्नियाका लागि निर्माण गरेको बोइङ ७३७–२०० ले अहिले पनि एयरफास्ट इन्डोनेसियाका नाममा उडान भरिरहेको छ । बिग्रिएका पार्टपुर्जा निरन्तर परिवर्तन/मरमत गरिरहने हो भने प्लेनहरू आफैँमा पुराना हुँदैन भन्छन् हवाईजहाज निर्माता कम्पनीहरू । त्यस्तै अभिव्यक्ति मानिसको हकमा किन लागु हुँदैन त भन्ने प्रश्नको उत्तर खोज्दैछन् वैज्ञानिक।

अणुवांशिक पदार्थमा आएका खराबीहरू क्रिस्पर प्रविधिमार्फत ठीक गर्ने अनि अर्गेन फेलियरबाट बच्न बोइङ प्लेनले सामयिकरूपमा आफ्नो पार्टपुर्जा फेरेझैँ मानव अंगहरू आवश्यकताअनुरूप परिवर्तन गर्दै जाने हो भने मानव उमेर अहिलेको तुलनामा निकै बढ्ने निश्चितछ ।

मानिसलाई अजम्वरी कसरी बनाउने भन्ने विषयमा उत्खनन् गर्न सबैभन्दा पहिला हामी किन मर्छौँ भन्ने अध्ययन खाँचो पर्छ । कुनै पनि कोसमा रहने अणुवांसिक पदार्थ ‘डिएनए’ शरीरको सबैभन्दा महत्वपूर्ण पदार्थहो । झण्डै ३ अरब एकाइको नियोजित बनोटबाट डिएनए बन्छ । एउटा लामो मालाको स्वरूपमा रहनुको बदला २३ स्वतन्त्र टुक्राका रूपमा बस्छ अणुवांशिक पदार्थ । जसलाई क्रोमोजोम भनिन्छ। क्रोमोजोममा रहने ससाना खण्डलाई जिन भनिन्छ । तसर्थ, मानिसको शरीरमा हजाराँै जिन हुन्छन्। शरीरलाई क्रियाशील राख्ने, अंग÷प्रत्यंग बनाउने तथा सञ्चालन गर्ने जिन नै हुन् । शरीरलाई आकृति दिनेमात्र होइन, जिनले नै हाम्रो शरीरका लागि आवश्यक प्रोटिन तथा इन्जाइमहरू निर्माण गर्छन्।  गर्भधारणहँुदाको एउटा सूक्ष्म कोस कसरी खरबौँ कोसले बनेको विशाल मानव शरीर बन्छ त भन्ने कौतुहलता हुनु अन्यथा भएन । समष्टिगतरूपमा भन्नुपर्दा एउटा कोसको नियन्त्रित विभाजनले मानव शरीर बन्नुमा डिएनएमा रहेका हजारौँ जिनको नियोजित काम गराइ नै हो । उमेरको बढोत्तरीसँगै मानब डिएनएमा खराबी आउँछ । अणुवांशिक पदार्थमा आउने त्रुटिका कारण जिनहरू आफ्नो दायित्व निर्वाह गर्न असमर्थ हुन्छन्, निकै धीमा गतिमा आफ्ना कर्तव्य पूरा गर्छन्। त्यसले गर्दा शरीरमा शिथिलता ल्याउँछ । जिनमा खराबी आउँदा क्यान्सर, मधुमेह तथा मुटुसम्बन्धी रोग लाग्छन् । तसर्थ, जिनमा देखिएको त्रुटिलाई समयमै ठस्क गर्न सके सबैभन्दा धेरै मानिस मार्ने क्यान्सर तथा मुटु रोगबाट संसारलाई बचाउन सकिन्थ्यो।

शरीरको सबैभन्दा महत्वपूर्ण पदार्थ डिएनएको बनोट पत्ता लगाउन पाए मानिसको जिनमा आउने खराबी पहिल्याउन सजिलो हुने र रोगको सहजै इलाज गर्न सकिने भएकाले संयुक्त राज्य अमेरिकाको नेतृत्वमा ह्युमन जेनोम प्रोजेक्ट सञ्चालन गरियो । झण्डै ३ अरब अमेरिकी डलर खर्च गरी सन् २००३मै मानव जिनको बनोट ठहर भयो । स्वस्थ जिनको बनोट यस्तो हुने अनि जिनमा फलानो फलानो खराबी आए मानिसमा तद्सम्बन्धी रोग लाग्ने एकिन भयो । उदाहरणका लागि अमेरिकी फिल्मी अभिनेत्री एन्जिलिना जोलीले आफ्नो डिएनए जाँच गरी आफ्नो शरीरमा रहेको ‘ब्राका’ नामको जिनमा खराबी आएको र उक्त त्रुटिका कारण भविष्यमा आफूलाई स्तन क्यान्सर हुने प्रवल सम्भावना रहेको निक्र्योल गरिन् । ब्रेस्ट क्यान्सरबाट बच्न सर्जरीमार्फत उनले आफ्नो स्तन फ्यालिन्।

विगतमा निकै महँगो रहेको डिएनएको स्वरूप जाँच्ने प्रविधि अहिले निकै सस्तो भयो । मध्यम परिवारले समेत रकम खर्चिएर सफलपूर्वक आफ्नो डिएनएमा रहेको खराबी पत्ता लगाउन सक्ने अवस्थामा विज्ञान पुगेको भए पनि जिनमा रहेको खराब भाग हटाएर सरक्क नयाँ भाग कसरी प्रतिस्थापन गर्ने भन्ने विषयमा वैज्ञानिक सफल हुन सकेका थिएनन्तर उक्त कमीलाई युनिभर्सिटी अफ् क्यालिफोर्निया बर्कलीका प्राध्यापक जेनिफर डोड्नाले पूरा गरिन् सन् २०१२ मा । दर्जीले लुगा भड्गटी गरेझैँ डा. डोड्ना ल्याबले पत्ता  लगाएको ‘क्रिस्पर’ प्रविधिको प्रयोगमार्फत जिनको खराब भाग हटाएर डिएनएलाई फेरि सकुशल बनाउन सकिने भयो । उक्त प्रविधिलाई परिस्कृत बनाउन संसारका धेरै ल्याब निरन्तर लागेकाछन् । तरल्याबमा भएका परीक्षणले इलाजको रूपलिन लामो अनुगमनको बाटो तय गर्नुपर्छ । मुख्यतः जिनको एक भागमा रहेको खराबीलाई ठीक गर्ने क्रममा क्रिस्परले अणुवांशिक पदार्थको अर्को भागमा अनावश्यक पदार्थ जोडेर अर्को नयाँरोग ल्याउने त होइन भनी निक्र्याेल गर्नु अनुगमन निकायको दायित्व हुन्छ । आखिर एउटा रोग ठीक पारेर अर्को नवीन रोग भित्र्याउने इलाज कसले चाहन्छ र? वैज्ञानिक उत्खनन्को परिपाटी हेर्दा आउँदा दिनमा जिनका खराबीलाई सहजै ठीक गरी मानिसलाई स्वस्थ जीवन बिताउने बनाउन सकिने देखियो।

जिनलाई तन्दुरुस्त गरेका भरमा मात्र मानिसलाई दीर्घजीवी बनाउन सकिन्न बरु उमेरको बढोत्तरीसँगै शिथिल भएका अंगलाई प्रतिस्थापन गर्न आवश्यक बन्छ । शरीरका सामान्य अंगमात्र होइन, बरु अति जटिल मानिने मिर्गाैला तथामुटु सट्टाभर्ना गरी बिरामीलाई पूर्वावस्थामा फर्काउन विज्ञान सफल भएको धेरै दशक भयो । उदाहरण हेर्न प्रधानमन्त्री केपी ओलीनै पर्याप्तछन् । एउटा मानिसको अंग अर्को जनलाई दिनु स्थायी समाधान होइन । साथै, एकजनाको अंग अर्को व्यक्तिमा प्रत्यारोपण गर्दा शरीरले बाह्य अर्गेनलाई सहजै स्वीकार नगरेर थप जटिलता आएको देखियो । उक्त यथार्थलाई मध्यनजर राख्दै बिरामीकै कोस उपयोग गरेर प्रयोगशालामै आवश्यकताअनुसारका अंग बनाउने कुरामा विज्ञान लाग्यो, धेरै प्रगतिपनि ग-यो । जसरी एउटा फर्टिलाइज्ड अण्डा विभाजनको विभिन्न खण्ड पार गर्दै पूर्ण मानव बनाउन सफल हुन्छ त्यस्तै प्रक्रिया उपभोग गर्दै अनुसन्धानात्मक परिवेशमा सम्बन्धित बिरामीकै कोसलाई परिमार्जन गर्दै अंग बनाउँदा शरीरले प्रत्यारोपित अंगलाई तिरस्कार गर्ने सम्भाबना न्यून हुने हुँदा मेडिकल रिसर्चको ध्यान त्यता मोडियो । ल्याबमा उत्पादित अंगहरूले कदाचित लक्ष्य प्राप्त गर्न नसके हालै विकास भएको ‘थ्रि डायमेन्सनल’ प्रिन्टर र मानव कोसको उपयोगमार्पmतसमेत अर्गेन उत्पादन गर्ने सोचमा वैज्ञानिकको ध्यान गएको देखियो।

अणुवांशिक पदार्थमा आएका खराबीहरू क्रिस्पर प्रविधिमार्पmत ठीक गर्ने अनि अर्गेन फेलियरबाट बच्न बोइङ प्लेनले सामयिकरूपमा आफ्नो पार्टपुर्जा फेरेझैँ मानव अंगहरू आवश्यकताअनुरूप परिवर्तन गर्दै जाने हो भने मानव उमेर अहिलेको तुलनामा निकै बढ्ने निश्चितछ । महामारीको रूपमा रहने ब्याक्टेरिया तथा भाइरस नियन्त्रणमा विज्ञानले ठूलो सफलता हासिल गरेको वर्तमान अवस्थामा आगामी शताब्दीमा मानिसको उमेर २–४ सय वर्ष नहोला भन्न सकिन्न । उमेरको बढोत्तरीले सामाजिक सन्तुलन र जीवनचक्रमा के/कस्तो प्रभाव पार्ला, त्यसको विश्लेषणको भने आफ्नै महत्व होला।







यसमा तपाईको मत


अन्य समाचार

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

तपाईंले कुन प्रायोजनका लागि कम्प्युटर खरिद गर्दै हुनुहुन्छ, सो कुराले नै तपाईंलाई कति जीबी र्याम चाहिन्छ भन्ने कुरा निर्धारण गर्छ...

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

रिभ्युका लागि पठाईएको ग्यालेक्सी स्मार्टफोन १ दिन कै प्रयोगमा बिग्रिएको छ ...

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

Ncell Footer Ad