८ वैशाख २०८१ शनिबार
समाज

बोक्सी आरोप लगाएर मानसिक यातना दिने २ महिला पक्राउ

पाल्पा – पाल्पामा गाउँलेलाई बोक्सीको आरोप लगाएर गाउँमा मानसिक यातना दिने २ महिला पक्राउ परेका छन्। निस्दी गाउँपालिका–४, मित्याल भण्टाकेका महिलाहरूलाई मानसिक यातना दिँदै आएका विनय नगरपालिका–३ नवलपुरका १६ वर्षकी तामसरी सिंजाली र मध्यविन्दु नगरपालिका–१४ की १८ वर्षीया गीता काम्मुलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले पक्राउ गरेको हो।

आफूलाई विस्वासी धर्मका समर्थकहरू बताउने उनीहरूले गाउँका महिलाहरुलाई बोक्सी लगाउँथे। जसका कारणबाट पशुचौपायको मृत्यु भएको र क्रिस्चियन धर्ममा आए आफूले ठीक पार्ने बताउँथे। जसका कारण समाजमा कलह बड्न थालेपछि जिल्लामा आएर उजुरी दिनु परेको पीडितले बताएका छन्।

पक्राउ परेका दुई महिलाले पाल्पाको पूर्वी भेग निस्दी–४, मित्याल भण्टाकेमा एक वृद्ध महिलालाई बोक्सीको आरोप लगाएर चरम मानसिक यातना दिएका थिए। बोक्सी भएको र बोक्सी भएको विस्वासी धर्मालम्बीले प्रमाणित गरेको भन्दै उनीहरूले ती वृद्धालाई चरम मानसिक यातना दिएका हुन्।

प्रहरीले उनीहरू सोमबार पक्राउ गरेको र थप अनुसन्धान जारी रहेको जनाएको छ। आफूलाई (क्रिस्चियन) धर्मका समर्थक समेत भन्ने पाँच–सात जना महिलाको समूहले ती वृद्धमाथि बोक्सी भएको स्वीकार गर्न दवाव दिएका थिए। मानसिक यातना सहन नसकेपछि आइतबार पीडित वृद्धाले जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएकी थिइन्। 

 

प्रकाशित: २९ श्रावण २०७५ ०५:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App